BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर । इन्द्रावती गाउँपालिकाका सचिवहरूले एक सूत्रीय माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन । करिब ३० वर्षसम्म गरेको सेवाको बेवास्ता गरि पालिकाले आफूहरूलाई हटाउन खोजिएको भन्दै सचिवहरुले यसबारे ध्यानाकर्षण गराउन पालिका समक्ष ज्ञापनपत्र बुझाएको जनाइएकाे छ ।

आफूहरुले जीवनको ऊर्जाशील समय सेवामा बिताए पनि यसको सही मूल्यांकन गर्न नसकेको बताउँदै यसको बारेमा पालिकाको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उनिहरूकाे भनाई छ । करारमा काम गर्दै आएका वडा नम्बर १ का सचिव गोपाल तामाङ, वडा नम्बर २ का सचिव कृष्णबहादुर गिरी, वडा नम्बर ५ का सचिव दीपक अधिकारी, वडा नम्बर ८ का सचिव गोपीकृष्ण न्याैपाने र वडा नम्बर ९ का सचिव तिलक प्रसाद कोइराला लगायतलाई पालिकाले सेवाबाट हटाउन खोजिएको भन्दै उनिहरुले पालिकाको ध्यानाकर्षणको लागी संयुक्त ज्ञापनपत्र बुझाएका हुन ।

आफूहरु कारार सेवाबाट निवृत्त हुन मन्जुर रहेको तर सेवा अवधिको गणना गरि १ वर्ष १ महिनाको तलब भत्ता हिसाव गरि एकमुष्ठ सेवा निवृत्त उपदानको स्वरुप पाउनुपर्ने उनिहरूकाे माग छ । मौजुदा निति वा नितिको अभाव भए निति निर्माण गरेर भए पनि उक्त उपदान उपलब्ध गराउने व्यवस्था गरिनु पर्नेमा उनिहरूले जाेड दिए । सो नगरिए सम्म गाउँपालिकामा शान्तिपुर्ण आन्दोलनका श्रृखलाहरु अगाडी बढाउने चेतावनी समेत दिइएको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा पालिका अध्यक्ष गाउँपालिकामा अनुपस्थित भएकोले गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङ समक्ष ज्ञापन पत्र बुझाइएकाे सचिवहरूले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै उपाध्यक्ष सोभना तामाङले गाउँपालिका अध्यक्ष पालिकामा उपस्थित भएपछि थप कुरा गरिने बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय