BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण १२ देखि १९ फागुनसम्म सञ्चालन हुने भएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालधाप गाउँपालिका र खेलकुद विकास समितिको आयोजनमा हुने प्रतियोगिता मूलपानी तल्लो क्रिकेट मैदानमा हुने भएको छ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका आठ टोलीको सहभागिता रहनेछ ।

आयोजकका अनुसार सहभागी टोलीमा सिन्धुपाल्चोक जिल्लावासी मात्र सहभागी हुन पाउनेछन् । सहभागी टोलीले यस वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताको उमेर समूह तथा राष्ट्रिय टोलीबाट खेलिसकेका एक खेलाडीलाई राख्न पाउनेछन् ।

प्रतियोगिताको सुरुआती तीन संस्करण पाँचपोखरी थाङ्पाल गाउँपालिकाकै खेलमैदान तथा पछिल्ला दुई संस्करण मूलपानी भएको थियो । प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितोको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउन्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै, ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिसिए) ले सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको आयोजना बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय