BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

चाैतारा । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउ कार्यपालिकाको कार्यालयका धर्ना गरि घेराउ गरिएको छ ।

गाउँपालिकाको कार्यालय सुनखानी हुनुपर्ने माग सहित आन्दोलन गरिरहेका सुनखानीका स्थानियहरुले कार्यालय घेराउ गरेका हुन । माघ २९ गते सुनकोशी गाउँपालिकाको कार्यपालिका बैठक बस्नु अघि संघर्षको पहिलो खुड्किलो भन्दै संघर्ष समिती लगायत सरोकार वालाहरुको उपस्थितिमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा सातै वाडका अध्यक्षहरु समक्ष सुनकोशीको सभाहलमै पुगेर सामुहिक ज्ञापनपत्र बुझाइएको थियो ।

सुनकोशी गाउँपालिकाको प्रशासकीय भवन भौगोलिक हिसाबले र आवश्यकताको आधारमा सुनखानी ५ मा बनाउनुपर्ने उनिहरुको माग छ ।

सोमबार ढिलोबाट सुरूभएको कार्यपालिकाको बैठकले सियाले पिपलडाँडा पर्छ भन्ने निर्णय गर्न खोजे पछि उपाध्यक्ष कान्छी लामा, सुनकोशी ५ का वडा अध्यक्ष जल बहादुर लामा, सुनकोशी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठ र एक सदस्यले बैठक बहिस्कार गरि निस्किएको आन्दोलनमा सहभागी कुमार बस्नेतले जानकारी दिए ।

सुनकोशीको बिच भाग नै सुनखानी भएकोले पालिका भवन सुनखानीमै बन्नुपर्ने उपाध्यक्ष लामाको माग छ । सुनखानीमा गाउँपालिका कार्यालय बनाउने निर्णय नगरे कुनै पनि कार्यक्रमहरू गर्न नदिने संघर्ष समितिले जनाएको छ ।

आफ्ना मागहरु शुक्रवार सम्म पनि सम्बोधन नभए सुनकोशी गाउँपालिका भरका सडक, बिद्यालय, सरकारी कार्यालयहरू पनि बन्द गरेर कडा संघर्ष गर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय