BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

नवलपुर, सिन्धुपाल्चाेक । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै घट्दै गएकाे इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताएका छन ।

श्री नवलपुर माध्यमिक विद्यालयकाे ७५ औँ वार्षिकाेत्सव तथा अभिभावक भेलामा मन्तव्य राख्दै नेपालले भने ‘विद्यालय भवन छ, पढाउने शिक्षक साथीहरू हुनुहुन्छ तर सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै घट्दै गएकाे छ’ । ‘बिकास पहाडमा आएकाे छ, बिकास गाउँगाउँमा आएकाे छ तर अभिभावकहरू सहर झरिरहनुभएकाे छ’, उनले थपे ।

इन्द्रावती गाउँपालिकामा आफुले शिक्षालाई पहिलाे प्राथमिकतामा राखेकाे, दाेस्राे प्राथमिकतामा स्वास्थ्य, तेस्राेमा कृषि र चाैथाेमा पशुलाई राखेकाे नेपालले जानकारी दिए । गुणस्तरिय शिक्षा प्राप्त गर्ने हाे भने सामुदायिक विद्यालयमा विद्यार्थीकाे संख्या नघट्ने उनकाे दावि छ । आफु निर्वाचित भएर आएपछि ४७ प्रतिशत बाट ६२ प्रतिशतमा सिकाई उपलब्धि हाँसिल भएकाे उनले दावि गरे ।

नवलपुर माविलाई एक सक्षम र प्रतिस्पर्धी माध्यमिक विद्यालय बनाउनुपर्ने नेपालले बताए । त्यसकाे लागि गाउँपालिकाले गर्नुपर्ने सहयाेग गर्न तयार रहेकाे नेपालले जानकारी दिए । ‘विव्यस, शिक्षक, अभिभावक र विद्यार्थी सबैकाे भुमिकालाई मुखरित बनाउन सकेमा नवलपुर माविलाई सक्षम विद्यालय बनाउन सकिन्छ’, नेपालले भने ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकाे बताउने नेपालले नवलपुरमा संस्थागत विद्यालय खाेल्न अनुमती दिइसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय