BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

फागुन ४ गते देखि ७ गते सम्म संचालित बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवबाट अर्गानिक प्रमाणित कृषि उत्पादनमा सेरच्यु बरलो साना किसान सहकारी सस्था लिमिटेड पाँचपोखरी थाङपाल गाउँपलिका वडा न. ३ भोताङ उत्कृष्ट भएको छ ।

उत्कृष्ट उक्त संस्थालाई सम्मानित गरिएको पाँचपोखरी थाङपाल गाउँपलिका कृषि शाखाले जानकारी दिएकाे छ । बृहत् काभ्रेपलान्चोक कृषि महोत्सव’मा सिन्धुपाल्चोकको भोताङमा उत्पादन भएका अर्गानिक सामग्री समेत प्रदर्शन गरिएको थियो ।

पाँचपोखरी थाङपाल गाउँपालिकालाई नै अर्गानिक पालिका घोषणा गर्ने योजना अनुसार अहिले भोताङका ४० जना किसानलाई अर्गानिक प्रमाणीकरण चिन्ह प्रदान गरिएको छ । भोताङमा उत्पादन भएका आलु, सिमि, मकै, कोदो लगायतका सामग्री स्टल राखिएको सहकारीका प्रबन्धक हसिना वाइबाले जानकारी दिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय