BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाले छ महिनामा ५३ करोड ८७ लाख ४५ हजार तीन सय रुपैयाँ आम्दानी गरेकाे छ ।

चालु आर्थिक बर्ष २०८०/८१ को माघ मसान्तसम्म संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँड र नगरपालिकाको आन्तरिक आम्दानी गरि कूल जम्मा ५३ करोड ८७ लाख ४५ हजार ३ सय १५ रुपैयाँ ९९ पैसा आम्दानी भएको नगरसभाको १५ औं हिउँदे अधिवेशनमा नगर प्रमुख आइतमान तामाङले प्रगती प्रतिवेदनमा उल्लेख गरेका छन । खर्च तर्फ चालु खर्च रु. २७ करोड २ लाख ५९ हजार ८ सय ७६ रुपैयाँ २१ पैसा र पँजीगत खर्च तर्फ रु १७ करोड ६८ लाख २ हजार ६ सय २९ रुपैयाँ गरी जम्मा रु. ४४ करोड ७० लाख ६२ हजार ५ सय ५ रुपैयाँ २१ पैसा खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

नगर प्रमुख तामाङले प्रश्तुत गरेको प्रतिवेदन अनुसार गत माघ मशान्तसम्म नगरले २१ करोड २० लाख १३ हजार रुपैया आन्तरिक आम्दानी गरेको छ । नगरले ६५ करोड आन्तरिक राजश्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको छ ।

नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्न सुरु गरेको पशु बिमा कार्यक्रममा ५० प्रतिशत अनुदान बापत दुई लाख ५० हजार रुपैयाँ वितरण गरेको जनाएको छ । पशु पालक किसानलाई राहत प्रदान गर्न सुरु गरिएको सुत्केरी पशु प्रोत्साहन कार्यक्रम मार्फत किसानहरुलाई १४ लाख २३ हजार रुपैयाँ प्रदान गरिएको प्रमुख तामाङले जानकारी दिए । नगरले बैंकिङ प्रणाली मार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता रकम चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि विधुतीय भुक्तानी प्रणालीको माध्यमबाट वितरणको व्यवस्था मिलाएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादनमा आधारित वित्तीय समानिकरण अनुदानका लागि गरेको मूल्यांकनमा ५३ दशमलव ८४ अंक प्राप्त गरेर देसमै चौथो स्थान हासिल गरेकोमा जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद दिंदै नगरप्रमुख तामाङले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने गरी लाग्न आग्रह गरेका थिए ।

सभाले उपप्रमुख उमा प्रधानले पेश गरेको नगरपालिकाको आर्थिक ऐन २०८० संशोधन विधेयक तथा विनियोजन ऐन २०८० को संशोधन विधेयक र आर्थिक वर्ष २०८०÷८१ को संशोधित बजेट पारित गरेको थियो । सभामा पेश भएको विभिन्न ११ प्रस्तावहरु सभाले सर्वसम्मत पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय