BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची, सिन्धुपाल्चाेक । कार्यसम्पादन मुल्याङकनमा सिन्धुपाल्चाेककै पहिलाे पालिका र देशकै चाैथाे स्थान हाँसिल गर्न सफल भएपछि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अझ उत्कृष्ट नतिजा आउनेगरि काम गर्ने बताएका छन । साथै जनप्रतिनिधि र कर्मचारीहरूलाई उनले अझ उत्कृष्ट नतिजा आउनेगरी काम गर्न आग्रह गरेका छन ।

नगरसभाको १५ औं हिउँदे अधिवेशनमा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै नगर प्रमुख आइतमान तामाङले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादनमा आधारित वित्तीय समानिकरण अनुदानका लागि गरेको मूल्यांकनमा ५३ दशमलव ८४ अंक प्राप्त गरेर देसमै चौथो स्थान हासिल गरेकोमा जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद दिंदै नगरप्रमुख तामाङले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हाँसिल गर्ने गरी लाग्न आग्रह गरेका थिए ।

नगर प्रमुख तामाङले प्रश्तुत गरेको प्रतिवेदन अनुसार गत माघ मशान्तसम्म नगरले २१ करोड २० लाख १३ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । नगरले ६५ करोड आन्तरिक राजश्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको छ ।

सभाले नगरपालिकाको आर्थिक ऐन २०८० संशोधन विधेयक तथा विनियोजन ऐन २०८० को संशोधन विधेयक र आर्थिक वर्ष २०८०÷८१ को संशोधित बजेट पारित गरेको थियो । सभामा पेश भएको विभिन्न ११ प्रस्तावहरु सभाले सर्वसम्मत पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय