BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा दादुरा–रुबेला विरुद्ध खोप अभियान सञ्चालन भएको छ ।

अभियानको पहिलो दिन सोमवार नगरभित्रका ८ सय ८५ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप दिएको चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै सञ्चालन गरेको अभियानमा ४२१ जना बालिका र ४६४ जना बालक रहेको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिए ।

शाखाप्रमुख पुरीका अनुसार आजबाट १७ गतेसम्म नगरको १४ वटै वडामा अभियान सञ्चालन हुने छ । वडाका ४० खोप केन्द्रभित्र पायक पर्ने ठाउँमा खोपकार्डसहित उपस्थित भएर आफ्ना बालबालिकाहरुलाई खोप दिन पनि शाखा प्रमुख पुरीले अनुरोध गरे । नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप केन्द्रमा जाँदा छुट नियमित खोप पनि दिइने हुँदा खोप कार्ड अनिवार्य गरिएको हो ।

शाखाले नगरभित्रका ९ महिनादेखि ५ वर्षभित्रका उमेर समूहका २ हजार ६ सय २ जनालाई रुबेला दादुरा विरुद्धको खोप दिने उदेश्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय