BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोक । थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका –४  र मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अबस्थित यु –३२   विद्यालय बिच भगिनी सम्बन्ध स्थापित  गरिएको छ ।

हेल्प संस्थाको पहलमा विद्यालयमा आज एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्ताक्षर गरि भगिनि सम्बन्ध सुरुवात गरिएको हो । सम्झौतामा  यु –३२ का प्रिन्सिपल स्टीवन डेलिंगर–पेट र थाङपाल भ्याली माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङले हस्ताक्षर गरे ।

कार्यक्रममा सम्बोधन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले यस विद्यालयलाई देशकै नमुना बनाउने अभियानमा यो भगिनी सम्बन्धले थप बल पुग्ने बिश्वास ब्यक्त गरे । उनले अन्तरास्ट्रिय तहसम्म प्रतिस्पर्धा गर्न सक्ने विद्यालयको रुपमा यसलाई स्थापित गर्ने लक्ष्य अब बिस्तारै पुराहुने बिश्वास व्यक्त गरे । लामाे समयकाे पहल पश्चात् भगिनी सम्बन्ध गाँस्न सफल भएकाे लामाले जानकारी दिए ।

हेल्पका अध्यक्ष जिमि लामाले भगिनि सम्बन्ध कायम भएकोमा बधाई ज्ञापन गर्दै अब भबिस्यमा विधार्थी र शिक्षक बिच सिकाइ साटासाट हुने बताए । अन्य दिन पनि स्कुल लाई हितको लागि लाग्ने लामाले प्रतिवद्धता जनाए ।

दुई विद्यालयका शिक्षक र विद्यार्थी बिच विभिन्न माध्यमबाट सिकाई आदानप्रदान गर्न र एक अर्कालाई सिकाई प्रक्रिया, शैक्षिक प्रक्रिया, शैक्षिक लक्ष्य तथा  योजनाहरु पुरा गर्न एक अर्कालाई सहयोग पुर्याउने उदेश्य सहित भगिनी सम्बन्ध गाँसिएको हेल्पका अध्यक्ष लामाले जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले विद्यालयलाई उत्कृष्ट बनाउने अभियानमा सहयोग गर्ने सबैलाई आभार प्रकट गरे । कार्यक्रममा भ्यालीका प्रधानाध्यापक विजय तामाङ, पुर्व व्यस्थापन समितिका शंकर लामा लगायतले यु —३२ विद्यालयप्रति आभार प्रकट गरे ।

भगिनी सम्बन्धबाट शिक्षकहरुलाई हालको विश्वव्यापी सन्दर्भमा विद्यार्थीलाई संलग्न गराउने, अन्तर्राष्ट्रिय सिकाइ सम्बन्धहरूको बुझ्न मद्दत गर्ने विश्वास लिइएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको ड्रिम प्रोजेक्टका रूपमा रहेको थाङपाल भ्याली मावि ४ वटा विद्यालय गाभेर निर्माण गरिएको विद्यालय हो । विद्यालयमा हाल ८२१ भन्दा बढी विद्यार्थी  र ४३ जना कर्मचारी सदस्यहरू छन ।

यु –३२, मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अबस्थित एक माध्यमिक तथा उच्च शिक्षा अध्ययन गराउने एक शैक्षिक संस्था हो जहाँ करिब ७२५ जना विद्यार्थीहरु अध्यनरत छन् । यु –३२ समाबेशी सिकाई बातावरण, सामुदायिक सहयोग, विधार्थीको नेतृत्व, रचनात्मक तथा चुनौतीपूर्ण नयाँ पहल लिने इच्छुकता आदिले गर्दा अन्य भन्दा पृथक रहेको प्रिन्सिपल स्टीवन डेलिंगर–पेटले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय