BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

नवलपुर, सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिकाका शिक्षकहरूले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन । आधारभूत तह (कक्षा ८) परिक्षामा परिक्षार्थीहरुलाई सहज र बिभेद रहित किसिमले परिक्षामा सहभागी गराउन गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल समक्ष ध्यानाकर्षण पत्र बुझाइएकाे हाे ।

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा-८) मा सहभागी विद्यार्थीहरु लाई सम्बन्धित विद्यालयमा नै परीक्षा केन्द्र कायम गरी परीक्षा दिन पाउनुपर्ने माग सहित गाउँपालिकाका १२ जना शिक्षकहरूले गाउँपालिका अध्यक्ष समक्ष ध्यानाकर्षण पत्र बुझाइएकाे सेतिदेवि माविका प्रधानाध्यापक ताेप प्रसाद नेपालले जानकारी दिए ।

परिक्षामा सहभागी जम्मा बिद्यालय १९ ( आधारभुत ७ र माध्यमिक १२ ) मध्ये १२ बिध्यालयका प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापकहरु उपस्थित भै पत्र बुझाएका हुन ।

इन्द्रावती गाउँपालिकाद्वारा मिति २०८० चैत्र १ गतेबाट सञ्चालन हुन गइरहेको शैक्षिक सत्र-२०८० को आधारभुत तह उतीर्ण परीक्षा (कक्षा-८) मा सहभागी विद्यार्थीहरूलाई परीक्षा केन्द्रका नाममा अन्यत्र विद्यालयमा परीक्षा दिन पठाउनु उपयुक्त नहुने उनिहरूकाे तर्क छ ।

‘अन्यत्र विद्यालयमा भय, डर र त्रास सहितको वातावरणमा विभेदकारी किसिमले परीक्षा दिनुपर्ने नभई सबै बालबालिकाहरुलाई समान व्यवहार गरियोस भनि श्रीमान्‌ समक्ष यो ध्यानाकर्षण पत्र पेश गर्दछौँ’, ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय