BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

मेलम्ची, सिन्धुपाल्चाेक । मेलम्ची नगर बाल सञ्जालको अध्यक्षमा अस्मिता तामाङ चयन भएकि छन । आज मेलम्चीमा भएको भेलाबाट उपाध्यक्षमा रन्जिता गिरी, सचिवमा चुनाव भएकोमा १३ मत सहित सलिना गिरी निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक लेखनाथ भट्टराईले जानकारी दिए ।

त्यस्तै सह सचिवमा कृष्टिना अधिकारी सहित १५ सदस्यीय नगर बाल सञ्जाल गठन गरिएको भट्टराईले जानकारी दिए । अहिले १३ सदस्य रहेकोमा  एक जना अपांग र एक अल्पसंख्यकबाट गरि २ जना पछि मनोनीत गरिने बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आइतमान तामाङले १ बर्ष समय कम भएकाले कम्तिमा संजालको समय बढाइने बताएका छन । बालबालिका भबिस्यको कर्णधार रहेको भन्दै उनले अहिले मेहनत गरेर योजनका साथ लाग्न बालबालिकालाई आग्रह गरे । उनले सक्षम नेतृत्व भए काम गर्न सजिलो हुने बताएका छन ।

महिला बालबालिका तथा समाबेसीकरण शाखाका प्रमुख राजेन्द्र दुलालले बाल सञ्जाल गठन, कानुन लगायतका  बारेमा जानकारी गराएका थिए ।

संजालकी निवर्तमान अध्यक्ष सरिता नेपालीले एक बर्षमा गरेको कार्य बारे जानकारी गराइन । उनले १ बर्षमा बाल बिबाह लगायत अन्य  सचेतनामुलक, अन्तरक्रिया, क्षमता विकास तालिम, बाल श्रम न्यूनीकरणको लागि प्रयास, बिचमै  विद्यालय  छोड्ने कारण र त्यस्को निराकरण, आत्मरक्षा तालिम, बालमैत्री वडा घोषणामा सहजिकरण लगायत कार्य गरिएको जानकारी दिइन ।

नव निर्वाचितहरुलाई उपप्रमुख उमा प्रधानले प्रमाणपत्र प्रदान गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरिन ।उनले सक्रिय भएर लाग्न संजालका पदाधिकारीलाई  आग्रह गर्दै उज्वल भबिश्यको कामना गरिन ।

संजालको कार्यकाल २ बर्षको हुने प्रस्ताव गरिएको छ । कार्यपालिकाबाट निर्णय गरि १ बर्षबाट २ बर्ष कार्यकाल बनाइने नगरपालिकाले जनाएको छ ।

मेलम्ची नगर बाल सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रमको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता, उपप्रमुख उमा प्रधानको बिशेष आतिथ्यता,  सामाजिक विकास समिती संयोजक एबम् वडा नम्बर १० का अध्यक्ष अमृत खनालको आतिथ्यता र सञ्जालकी निवर्तमान अध्यक्ष सरिता नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय