BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

दोलखा युवा सञ्जालले जनयुद्धको क्रममा सहिद भएका माओवादी केन्द्रका नेता स्व. रितबहादुर खड्काको स्मृतिमा आयोजना गरेको प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगीताको उपाधी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले हात पारेको छ ।

दोलखाको जिरी नगरपालिकालाई पराजित गर्दै मेलम्ची नगरपालिकाले उपाधी हात पारेको हो । प्रतियोगीतामा जिरी नगरपालिका उपविजेता बनेको छ भने तृतिय सिन्धुलीको कमलामाई नगरपालिका भएको आयोजक दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले जानकारी दिए ।

सोमबारबाट दोलखा सदरमुकाम चरिकोटमा आयोजित प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगीतामा बागमती प्रदेश भित्रका १४ वटा पालिका टिमको सहभागिता रहेको अध्यक्ष अधिकारीले बताए ।

प्रतियोगीतामा विजेता टिमलाई दुई लाख ५१ हजार, उपविजेता टिमलाई एक लाख ५१ हजार र तृतिय हुने टिमलाई ५१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय