BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडा नं १२ बाहुनीपाटी माझीगाउँ थाक्ले सडकको निर्माणाधीन कालोपत्रेको नगरपालिकाका प्रमुख आइतमान तामाङले अनुगमन गरेका छन । स्थलगत अनुगमन गर्ने क्रममा नगरप्रमुख तामाङले निर्माण भइरहेको योजना मापदण्ड भित्र रहेर गुणस्तरीय कार्य गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

मेलम्ची नगरपालिका वडा नं. १२ स्थित बाहुनीपाटी माझीगाउँ थाक्ले सडक खण्ड २०६४/६५ सालमै ट्र्याक खाेलिसकिए पनि अहिलेसम्म स्तरोन्नति हुन सकेको थिएन ।

साे सडक ढलान र कालाेपत्रे गरि ७५० मिटरकाे रहेकाे छ । भ्याट सहित २ कराेड ७२ लाखमा सम्झाैता भई एसआरबि बिल्डर्स प्रालिले साे सडककाे कालाेपत्रे र ढलान गर्ने कार्य गरिरहेकाे मेलम्ची नगरपालिकाका इन्जिनियर राजु दंगालले जानकारी दिए । साे सडककाे कालाेपत्रे गरिसक्नुपर्ने म्याद असार २० सम्म रहेकाे छ ।

अनुगमनकाे क्रममा उपस्थित स्थानिय समाजसेवी प्रशान्त नेपालले छोटो समयमै गाउँमा सडक पुगेकोमा खुसी व्यक्त गरे । ‘भिरपाखाको बाटो निकै डरलाग्दो थियाे’, उनले भने ‘अहिले गाउँमा गाडी पुगेको छ’ । सडक निर्माणका सवालमा अहिलेको स्थानीय सरकार संवेदनशील देखिएको भन्दै उनले यसलाई सबैले सराहनीय कार्यका रूपमा लिएकाे बताए ।

स्थानीय सरकारका प्रतिनिधि मात्र नभई स्थानीय जनतामा पनि आफ्नो गाउँलाई सडक सञ्जालले जोड्ने हुटहुटी देखिएकोले सडक निर्माण तिव्र गतिमा भइरहेको वडा नं. १२ का वडाध्यक्ष गणेश बहादुर तामाङले बताए । गाउँ गाउँका सडक पक्की बनाउन थालिएपछि स्थानीय पनि उत्साहित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय