BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर । सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाले आधारभूत तहको नतिजा सार्वजनिक गरेको छ । शैक्षिक बर्ष २०८० मा कक्षा ८ को परीक्षामा पालिकाका ४ विद्यालयको नतिजा शून्य आएको छ ।

ईन्द्रावतीको पालिका स्तरीय परिक्षामा सामुदायिक विद्यालयका ८४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन भने १६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका हुन ।

आधारभूत तहको परीक्षामा सम्मीलित कुल १९ विद्यालयमध्ये ४ वटा विद्यालयको नतिजा शून्य आएको हो । शून्य नतिजा आउने विद्यालयहरु श्री नवलपुर माध्यमिक विद्यालय, श्री सेतिदेवि माध्यमिक विद्यालय, श्री पञ्चकन्या आधारभूत विद्यालय र श्री परोपकार आधारभूत विद्यालय रहेका छन् ।

ईन्द्रावती गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाबाट प्राप्त तथ्याङ्क अनुसार पालिकाका कक्षा ८ सम्म सञ्चालित १९ वटा विद्यालयबाट ४८० जना विद्यार्थीहरु परीक्षामा सामेल भएका थिए । जसमा ७७ जना विद्यार्थीले मात्र न्युनतम ग्रेड प्राप्त गरेका छन् ।

विषयगत रुपमा नेपालीमा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ३३ जना रहेका छन् । अङ्ग्रेजीमा न्युनतम ग्रेड प्राप्त गर्ने १ सय ५९ जना रहेका छन् । गणितमा न्युनतम ग्रेड प्राप्त गर्ने १ सय ५० जना रहेका छन् । विज्ञानमा न्युनतम ग्रेड प्राप्त गर्ने १ सय ७४ जना रहेका छन् । सामाजिकमा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ३० जना रहेका छन् । स्वास्थ्य शारीरीकमा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ८८ जना रहेका छन् । स्थानिय विषय (हाम्रो इन्द्रावती) मा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ६५ जना रहेका छन् ।

पालिकाले मौका परिक्षाको‌ लागि आउँदो आइतबार बाट पुनः परिक्षा लिने तयारी गरेको छ । मौका परिक्षामा ३ विषय सम्म फेल हुनेले सहभागी हुन पाउने भएका छन । पुनः परिक्षा सम्बन्धित विध्यालयले नै लिने बताइएकाे छ ।

हेर्नुहाेस पूरा नतिजा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय