BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

मेलम्चीमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजना तथा दिर्घायु गुरु अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरबाट २३१ जनाले सेवा लिएका छन् ।

जसमा महिला १४७ र पुरुष ८४ जना रहेको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारी सापकोटाले जानकारी दिइन । शिविरबाट ६ जना लाई काठमाडौं लगेर उपचार गर्नुपर्ने विरामी फेला परेको छ ।  ५ जना स्त्री रोग, १ फोक्सो सम्बन्धी रोग भएको विरामी लाई काठमाडौं लगेर उपचार गर्नुपर्ने देखिएको प्रमुख भण्डारीले जानकारी दिइन ।

शिविरमा भिडियो एक्सरे सेवा,नशा तथा मस्तिष्क रोग सेवा, हाडजोर्नी, सुगर, प्रेसर बाल रोग लगायत विभिन्न रोगको परिक्षण तथा निशुल्क औषधी वितरण गरिएको थियो । शिविरको आज शनिवार बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ ( समिर) र नगर प्रमुख आइतमान तामाङको ब्लड प्रेसर र सुगर परिक्षण गरि  सुभारम्भ गरिएको दिर्घायु गुरु हस्पिटलका प्रबन्ध निर्देशक बिनोद खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय