BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

काठमाण्डाै । हेलम्बु एजुकेशन एण्ड लाइभ्लिहूड पार्टनरसिप –हेल्प ले तेस्रो कोहोर्ट साथी शिक्षकहरुको विदाई तथा पाँचौं कोहोर्ट साथी शिक्षकहरुलाई स्वागत गरेको छ ।

काठमाण्डौँमा आइतवार एक कार्यक्रमको आयोजना गरि दुई वर्षको साथी शिक्षणको कार्यकाल सक्काएर आएका तेस्रो कोहोर्ट साथी शिक्षकहरुको विदाई तथा हालै छनौट भै प्राथमिक विद्यालयमा पदस्थापन हुनलागेका पाँचौं कोहोर्ट साथी शिक्षकहरुलाई स्वागत गरेको हो ।

स्थानीय गाँउपालिका / नगरपालिका र विद्यालय विच त्रिपक्षीय सहकार्यमा शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तह पहिलो तह हुनुपर्छ भन्ने मूल उद्देश्य बोकेर साथी शिक्षक कार्यक्रमको सुरुवात गरिएको हेल्पका अध्यक्ष जिमि लामाले जानकारी दिए । आधारभूत शिक्षालाई गुणस्तरीय बनाई बालबालिकाको गुणस्तरीय शिक्षा पाउने नैसर्गिक अधिकारको सुनिश्चितता प्रदान गर्दै विद्यालयको समग्र विकासको लागि साथी शिक्षक कार्यक्रम विगत ५ वर्ष देखि सञ्चालन हुँदै आइरहेको छ ।

यस कार्यक्रम अन्तर्गत छनौटमा परेका एउटा नगर / गाउँपालिकाको औसतमा ५ वटा आधारभूत विद्यालयहरुमा आवश्यकता अनुसार २ वर्ष वा २ भन्दा बढीको लागि २-२ जना शिक्षक (साथी शिक्षक) पदस्थापन गरिँदै आएको छ । २ जना साथी शिक्षकहरुले विद्यालयको आवश्यकताको आधारमा विषयगत शिक्षकको रुपमा कक्षा १ देखि ५ सम्म अंगेजी र गणित विषय अध्यापन गराउँदै आएका छन ।

शैक्षिक सत्र २०७६ सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्गपाल गाउँपालिकाका ५ विद्यालयहरुमा साथी शिक्षक पदस्थापन गरि सुरु भएको यस साथी शिक्षक कार्यक्रममा २०७९ सालदेखि सिन्धुपाल्चोककै त्रिपुरासुन्दरी गाउँपालिकाका ५ विद्यालयमा र २०८० बाट तँनहु जिल्लाको आँबुखैरेनी गाँउपालिका का ५ आधारभूत विद्यालयमा कार्य गर्दै आएको छ । हाल यस कार्यक्रम अन्तर्गत १५ आधारभूत विद्यालयका  करिब २ हजार भन्दा बढी विद्यार्थीहरु हरेक दिन लाभान्वित छन् ।

कार्यक्रमको अवसरमा २ बर्षमा साथी शिक्षकले गरेका कामको बारेमा भिडियो प्रस्तुत गरिएको थियो । हेल्प साथी कार्यक्रम संयोजक, साधना श्रेष्ठले हेल्प साथी कार्यक्रमको बारेमा जानकारी गराएकि थिइन ।

साथी शिक्षकले विद्यार्थीहरूलाई भाषिक सीप र गणितिय सीप सिकाउने गरेको श्रेष्ठले बताइन । सरकारी विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्वि गर्नको लागि हेल्प साथीले काम गरिरहेको उनले जानकारी दिइन ।

ग्रामीण भेगका प्राथमिक तहका विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक गुणस्तरमा टेवा पुराउन साथी शिक्षकले काम गर्नेछन । शिक्षकहरू कमि भएका विद्यालयमा साथी शिक्षक पठाएर सहयोग गर्ने गरिएको छ । सरकारी विद्यालयका शिक्षकलाई थप सहयोग र थप तालिमको आवस्यकता रहेको श्रेष्ठले बताइन । २ जिल्लाको ३ पालिकामा ४५ जना हेल्प साथी शिक्षक रहेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा हेल्पका राष्ट्रिय सल्लाहकार सांसद गगन कुमार थापाले हेल्पले गरेको कामले समुदायमा धेरै प्रभाव परेको जानकारी दिए । सरकारी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्राथमिक तहको जग बलियो भएमा मात्र माथिल्लो तहको शैक्षिक अवस्थामा सुधार हुने उनले बताए ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासि लामाले जराबाटै शैक्षिक गुणस्तर गर्नुपर्छ भनेर पाँचपोखरीमा हेल्प साथी कार्यक्रम लागू गरिएको जानकारी दिए । हेल्पले गरेको सहयोगलाई शुनौलो अक्षरमा लेखिने लामाको भनाई छ । समुदाय स्तरमै गएर हेल्प साथीले काम गरेकाले कार्यक्रम प्रभावकारी भएको उनले बताए ।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले आधारभुत तहको शिक्षाको जग राम्रो बनाउन सकेमा माथील्लो तहमा पनि शिक्षा राम्रो हुने भएकाले हेल्प संग सहकार्य गरि हेल्प साथी कार्यक्रम गाउँपालिकामा लागू गरिएको बताए । यो कार्यक्रम लागू गराएपश्चात लागू गरिएका विद्यालयका शिक्षकहरू जागरुक भएर काम गर्न थालेको उनको भनाई छ । साथी शिक्षकको जोस जाँगरले समुदायले धेरै कुरा शिकेको बताउँदै बोहराले गाउँपालिकाले पनि कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने काम गरेको जानकारी दिए ।

कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै पाँचौ कोहोर्ट समज्ञा भट्टले हेल्पले दिएको २१ दिने तालिम पश्चात साथी शिक्षकलाई जस्तो सुकै परिस्थितिमा पनि काम गर्न सक्ने गरि आँट प्राप्त भएको बताइन । १४ जना साथी शिक्षकले तालिम लिएका थिए । ‘बालबालिकाको मनोविज्ञान सहित, बालबालिका सम्बन्धि कानुनको समेत तालिममा ज्ञान दिइएको थियो’, उनले भनिन ।

कार्यक्रमको अवसरमा साथी शिक्षक र किङ्स कलेज बिच छात्रवृत्तिको लागि सहकार्य गरिएको छ । हेल्पका अध्यक्ष जिमि लामा र किङ्स कलेजका डाइरेक्टर नराेत्तम अर्याल बिच छात्रवृत्तिको सम्झौता भएको हो ।

कार्यक्रममा साथी शिक्षक कार्यरत स्थानीय तहको प्रमुख साथै अन्य जनप्रतिनिधि, साझेदार विद्यालयका प्रधानाध्यापकहरु र साथी शिक्षकका अभिभावकको उपस्थिति रहेको थियो ।

हेल्पको राष्ट्रिय सल्लाहकारमा शिक्षाविद डा. विद्यानाथ कोईराला, सांसद गगन थापा, सांसद शिशिर खनाल, बाल मनोपरामर्शकर्ता मिनाक्क्षि दाहाल, युलेन्स स्कुलका प्रधानाध्यापक मेदिन लामिछाने रहेका छन ।

यस कार्यक्रमले तिन महिने छनोट प्रक्रियाबाट युवाहरुको छनोट गरेर स्थानीय तह संगको समन्वयमा विद्यालयमा पदस्थापना गर्दछ । छनौट हुन सफल साथी शिक्षकहरुको लागि शिक्षण पद्दति, शिक्षा क्षेत्रमा आएका नव प्रवर्तनहरु, नेपालको शैक्षिक इतिहास तथा बिकासक्रम, विद्यमान शिक्षा नीति, संघीय तथा स्थानिय संरचना, तथा आधारभूत तह सम्बधि शिक्षण पद्दती, पुराना तथा परिवर्तित शिक्षण अभ्यासहरु, बाल मनोविज्ञान, शिक्षण सिकाइ क्रियाकलापमा स्थानिय स्तरमा उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग, कक्षाकोठा व्यवस्थापन, अभिभावक शिक्षा,  बालबालिकाको वृद्दि र बिकास, पाठ्यक्रम, विशिष्टिकरण तालिका निर्माण, प्रश्नपत्र निर्माण, साथैउत्तर कुञ्जिका परीक्षण, पाठ योजना, एकाई योजना तथा वार्षिक योजना निर्माण, समुह कार्य, आदिका बारेमा ३ हप्ताको आवासिय पूर्व सेवाकालीन तालिम प्रदान गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय