BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

नवलपुर । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि इन्द्रावती गाउँपालिकाले १० वटा माध्यमिक विद्यालयको प्रधानाध्यापक फेर्ने तयारी गरेको छ । आज एक सूचना प्रकाशन गर्दै गाउँपालिकाले प्रधानाध्यापक फेर्ने तयारी गरेको जानकारी गराएको छ ।

इन्द्रावती गाउँपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनौट तथा नियुक्ती सम्बन्धी कार्यविधि, २०८० बमोजिम सामुदायिक माध्यमिक विद्यालयमा सम्बन्धित विद्यालय भित्रका शिक्षकहरुबाट प्रधानाध्यापक पदमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तीको तयारी गरीएको हो ।

प्रधानाध्यापक नियुक्तीका लागि सोहि कार्यविधिको परिच्छेद २ दफा ४ र ६ बमोजिम आवश्यक योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने बताईएको छ । सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहित ईन्द्रावती गाउँपालिकाको कार्यालयमा दरखास्त दिन गाउँपालिकाले अनुरोध गरेको छ ।

पहिलो चरणमा पालिकामा रहेका माध्यमिक विद्यालयहरुमा प्रधानाध्यापक फेर्ने तयारी भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मिन बहादुर धामिले जानकारी दिए । पालिकामा १२ वटा माध्यमिक विद्यालय रहेकोमा श्री ऐसेलुखर्क माध्यमिक विद्यालय र श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकको पदावधी बाँकी रहेको शाखा प्रमुख धामिले जानकारी दिए ।

पहिलो चरणमा माध्यमिक विद्यालयहरुको प्रधानाध्यापक छनौट गरी क्रमश आधारभूत विद्यालयहरुमा पनि यो प्रक्रिया जारी रहने धामीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय