BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कक्षा ८ को पालिका स्तरिय वार्षिक परिक्षामा उत्कृष्ट नतिजा निकालेको छ ।

कक्षा ८ काे परिक्षामा हेलम्बुले ७९.८० प्रतिशत विद्यार्थी उतिर्ण भएकाे गाउँपालिका शिक्षा शाखाले जनाएकाे छ । उक्त नतिजा ल्याउने हेलम्बु सम्भवत १२ वटा पालिका मध्येकाे राम्राे नतिजा ल्याउने पालिका दर्ज भएकाे छ ।

२ संस्थागत विद्यालय सहित १५ वटा विद्यालयका ३ सय १२ जना विद्यार्थी सहभागी भएकोमा २४९ जना विद्यार्थी उतिर्ण भई कुल संख्याको ७९.८० प्रतिशत उतिर्ण भएको हेलम्बु गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख धनध्वज लामाले जानकारी दिए ।

शिक्षा शाखाले दिएकाे अन्तिम नतिजा अनुसार ५६ जना विद्यार्थीले ग्रेट वृद्धि परिक्षा दिन पाउने भएका छन् भने २ भन्दा बढी विषय लाग्ने ७ जना मात्र विद्यार्थी रहेका छन् ।

लामाका अनुसार ३.६ जिपिए ल्याउने २५ जना, ३.२ जिपिए ल्याउने ४७ जना, २.८ जिपिए ल्याउने १०२ जना, २.४ जिपिए ल्याउने ६६ जना र २.० जिपिए ल्याउने ९ जना विद्यार्थी छन् ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले शिक्षामा गरेको लगानी खेर नगएको प्रतिक्रिया दिए । गतबर्ष हेलम्बु गाउँपालिकाको पालिका स्तरिय परिक्षामा नतिजा लाजमर्दो आएको उल्लेख गर्दै यसबर्ष उल्लेख्य सुधार आएको दावि गरे । अध्यक्ष शेर्पाले आफुले शिक्षामा विशेष चासो दिएको भन्दै शिक्षामा गरेको लगानी अहिलेको नतिजाले सन्तोषजनक रहेको बताए ।

उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने शिक्षक, विद्यार्थी, पालिकाको शिक्षा शाखाका कर्मचारी, अभिभावक लगायत सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा शत प्रतिशत विद्यार्थी उतिर्ण गर्नेगरि लाग्नका लागि आग्रह समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय