BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका ३० किशोरीले आत्मरक्षा तालिम लिन सुरु गरेका छन् ।

बालिकामा हुने हिंसा न्यूनीकरण गर्न र अपराधजन्य गतिविधिबाट जोगाउन नगरपालिकाभित्रका किशोरीहरु आत्मरक्षा तालिममा सहभागी भएका हुन् । बिहीबार नगरपालिकाकी उपमेयर सीता थापाले चौतारामा तालिमको उद्घाटन गरेकी हुन् ।

थापाले कठिन परिस्थितिमा नडराई आत्मविश्वासी बनेर हिंसाको प्रतिरोध गर्न किशोरीहरुलाई आत्मरक्षा तालिमको महत्व रहेको बताइन् । प्रदेश युवा परिषद्, बागमतीको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुपाल्चोक आयोजनामा बिहिवार र शुक्रबार गरि २ दिन सम्म तालिम संचालन गरिएको  हाे ।

कठिन परिस्थितिमा आफुमाथि हुने हिंसाको प्रतिकार कसरी गर्ने र समाजमा हुने सामाजिक बिकृतिहरु रोक्न के गर्ने भन्ने बिषयमा तालिम संचालन गरिएको प्रदेश युवा परिषद सिन्धुपाल्चोक स्वयमसेवक रुपक दुलालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय