BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

चाैतारा । अनेरास्ववियु सिन्धुपाल्चोकको २७ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा रविन वाइबा निर्वाचित भएका छन ।

केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा एमाले केन्द्रिय सदस्य सरेश नेपाल, जिल्ला कमिटिका पदाधिकारी, अनेरास्ववियुका सचिव सञ्जिव धिताल, सचिव एवम बाग्मती प्रदेश इन्चार्ज डाक्टर सुजन कडरिया, प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकी लगायत अन्य नेताहरुको उपस्थिती रहेकाे थियाे ।

अधिवेशन बाट वाइबा सहित ३९ सदस्यीय जिल्ला कमिटि चयन गरिएको अनेरास्ववियु सिन्धुपाल्चोकका नवनिर्वाचित सह–सचिव रामहरि कार्कीले जानकारी जानकारी दिए । नेकपा एमाले सम्वद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुपाल्चोकको २७ औं अधिवेशनबाट उपाध्यक्षमा कृष्ण न्यौपाने, सचिवमा सुशील लोप्चन, सह–सचिवमा किशन दुलाल, सविना कार्की, रामहरि कार्की, हरिशरण सुनार, उज्ज्वल रायमाझी, कोषाध्यक्षमा अमिर श्रेष्ठ (अविरन) र कार्यालय सचिवमा राजन स्याङ्बो चयन भएका हुन ।

अध्यक्षको जिम्मेवारी लिँदै वाइबाले संगठनलाई थप प्रभावकारी र चलायमान गर्ने बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय