BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिकाकाे ४३ सय ३३ घरधुरीमा इन्द्रावती १ सिम्पालकाभ्रेकाे पानी आउने भएकाे छ ।

इन्द्रावती गाउँपालिका वडा नं १ छहरेमा लामाे समयदेखि जग्गा विवादका कारण पाइप बिस्तारमा असहज भएकाे थियाे । स्टमिट चेन्ज भएपछि पाइप बिस्तार गर्न असहज भएकाे हाे । पुर्वनिर्धारीत स्थान भन्दा स्थान फरक परेकाे र जग्गा धनिलाई क्षति हुने भएकाले इन्द्रावती बृहत् खानेपानी आयाेजनाकाे पाइप बिस्तारमा स्थानियले अवराेध गर्दै आएका थिए ।

इन्द्रावती गाउँपालिकामा भएकाे जनप्रतिनिधि, प्रभावित स्थानिय, निर्माण कम्पनी प्रतिनिधि र गाउँपालिकाका कर्मचारी बिच आज आइतबार सहमती भएकाे छ । ‘हामी छलफल गरेर एक बिन्दुमा पुगेका छाैँ, पालिका अध्यक्ष संग पनि छलफल भएकाे छ’, इन्द्रावती ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले भने । याे मुद्वा सल्टाउन सबैजना सहमत भएकाे तामाङले जानकारी दिए ।

बैठकमा वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले प्रभावितकाे गुनासाेकाे बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाललाई जानकारी गराएका थिए । ‘ट्रिटमेन्ट प्लान्टकाे स्थान परिवर्तन भएकाे कारण याे समस्या आयाे’, वडा अध्यक्ष तामाङले भने ।

साे बिवादित ठाउँमा कान्छि लमिनिकाे जग्गा परेकाे थियाे । साे स्थान साविक सिम्पालकाभ्रे गाविस १ छहरे हाल इन्द्रावती गाउँपालिका वडा नं १ रहेकाे छ । कित्ता नं २४७, २५२ र साविककाे वडा नं २ काे कित्ता नं २९ मा समस्या भएकाे जग्गा धनिका प्रतिनिधि छाेरा फुर्पा लामाले बताए ।

आज भएकाे बैठक बाट कम्पनी प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी र प्रभावित स्थानिय बिच माइन्युट गरेरै सहमती गरीएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिए । साे सहमती पत्रलाई कार्यपालिका बाट प्रमाणिकरण गर्ने दुलालले बताए ।

सहमती अनुसार प्रभावित जग्गामा वातावरण अनुकुलका फलफुलकाे बिरुवा लगाउने र गाउँपालिकाले बिरूवा उपलब्ध गर्नुपर्ने छ । त्यस्तै प्रभावित मध्ये बाट जग्गा धनिका प्रतिनिधि छाेरा फुर्पा लामालाई हाल ठेकेदार कम्पनी कन्काई/माेतिराम जयमाता जेभीले आयाेजना हस्तान्तरण नहुन्जेल सम्म मर्मतसम्हार कार्यकर्ताकाे रूपमा राेजगार दिने र हस्तान्तरण पश्चात् गाउँपालिकाले राेजगारी दिनुपर्ने छ ।

जेठ १५ गते देखि लागू हुनेगरी राेजगारी दिने सहमती भएकाे हाे । सार्वजनिक बिदा बाहेकका दिनमा कम्पनीले ताेके अनुसारकाे काम गर्नुपर्ने सहमतीपत्रमा उल्लेख छ । मासिक १५ हजार तलब दिनेगरी सहमती भएकाे हाे ।

इन्द्रावती बृहत् खानेपानी आयाेजनाकाे मुल रहेकाे स्थान सेर्तुङ खाेला इन्द्रावती १ भस्मे हाे । मुल पालिकामा दर्ता भएकाे छ । २०७७ मंसिर मा आयाेजनाकाे सुरू भएकाे थियाे ।

सहमती पश्चात् अब काम गर्ने वातावरण सहज भएकाे कन्काई/माेतिराम जयमाता जेभी का प्रतिनिधि नीम बहादुर रावतले बताए । अब यहि जेठ २५ गते अघि पानीकाे परिक्षण गरिने उनले बताए ।

आयाेजनाकाे २३ कराेड हाराहारीमा ठेक्का सम्झाैता भएकाे थियाे । आयाेजनाकाे २०८१ असाेज सम्म म्याद रहेकाे छ । आयाेजना अन्तर्गत १६ वटा आरविटि ट्याङ्की रहेका छन । काम सम्पन्न भएपश्चात २२ लिटर प्रती सेकेण्डकाे दरले सिम्पाल काभ्रे बाट पानी आउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय