BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाको प्रवक्तामा राजु रायमाझी नियुक्त भएका छन् ।

आइतवार बसेको नगर कार्यपालिकाको बैठकबाट मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजु रायमाझीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो । मेलम्ची नगरपालिकाकाे नगर प्रमुखका स्वकिय सचिव मानकाजी पाख्रीनले मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजु रायमाझीलाई कार्यपालिका बैठकले प्रवक्तामा नियुक्त गर्ने निर्णय भएकाे बताए ।

मुलुक संघिय संरचनामा गएपछि भएको स्थानीय तहको निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरु मध्येबाट एक जनालाई प्रवक्तामा नियुक्त गर्ने प्रावधान अनुसार रायमाझीलाई मनोनयन गरिएको नगरकार्यपालिकाले जनाएको छ ।

अब मेलम्ची नगर कार्यपालिकाको सबै गतिविधि प्रवक्ता मार्फत बाहिर ल्याउन सजिलो हुने बताइएको छ । १३ वडा रहेको मेलम्ची नगरपालिकामा सर्वसम्मतीमा सबै वडा अध्यक्षहरुको प्रस्तावमा रायमाझीलाई प्रवक्तामा मनोनयन गरिएको वडा नं. २ का अध्यक्ष नगेन्द्र प्रसाद खतिवडाले बताए । बैशाखमा भएको स्थानीयतहको निर्वाचनमा मेलम्ची ५ बाट नेपाली काँग्रेसका तर्फबाट रायमाझी उमेदवार बनेर विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय