BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । आ.व २०८१/०८२ काे बजेट, नीति तथा कार्यक्रम माथि सुझाव संकलन एवं वार्षिक याेजना तर्जुमा गाेष्ठी मेलम्चीमा सुरू भएकाे छ ।

मेलम्ची नगरपालिकाकाे आयाेजनामा साे गाेष्ठी गरिएकाे हाे । २ दिने गाेष्ठी अन्तर्गत वुधवार पहिलाे दिनमा संघ संस्थाका प्रतिनिधिहरूले आगामी याेजना तथा बजेट सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नगरभित्र सक्रिय रहेका संघ संस्थाहरू बाट सुझाव संकलन र प्रगती प्रतिवेदन पेश गरिएकाे थियाे । साथै संस्थाकाे आगामी नीति तथा बजेट समेत प्रस्तुत गरिएकाे थियाे ।

महिला आत्मनिर्भरता केन्द्र, सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च, रिड नेपाल, फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेन, RHEST नेपाल र टुकीसंघ सुनकाेशी प्रतिनिधिले आगामी बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगरपालिकाका प्रमुख आइतमान तामाङले प्राप्त सुझाव माथी भनाई राख्दै संघ संस्थाले गरेका कामकाे प्रशंसा गर्नुभयाे । साथी आगामी दिनमा संघ संस्था संग समन्वय गरि अघि बढ्न तयार रहेकाे जानकारी दिनुभयाे । नगरपालिका आगामी दिनमा के कस्ता नीति कार्यक्रम गरि अघि बढ्ने भन्ने विषयमा बिहिवार ३१ गते बृहत् छलफल गरिने प्रमुख तामाङकाे भनाई छ ।

कार्यक्रममा नगरभित्र सक्रिय ६ वटा संस्थाले आगामी याेजना, बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संघ संस्थाले प्रस्तुत गरेका याेजना तथा कार्यक्रमलाई नगरपालिकाले सकारात्मक रूपमा लिएकाे राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले बताउनुभयाे ।

त्यस्तै नगर उपप्रमुख उमा प्रधानले संमृद्व नगरपालिका निर्माणमा संघ संस्थाले हातेमालाे गरेकाेमा धन्यवाद व्यक्त गर्नुभयाे ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अशाेक कुमार भट्टराई, संघ संस्था प्रतिनिधि, नगरपालिकाका कर्मचारी, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय