BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

शिखरपुर । मेलम्ची नगरपालिका वडा नम्बर १० मा स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरिएकाे छ । आज एक कार्यक्रमका बिच मेलम्ची नगर प्रमुख आइतमान तामाङले भवनको शिलान्यास गरेका हुन ।

शिलान्यास गर्दै नगर प्रमुख आइतमान तामाङले संरचना र सेवा दुवै कुरालाई संगसंगै लैजानुपर्ने बताए । समृद्ध मेलम्ची बनाउनकाे लागि स्वास्थ्य क्षेत्रकाे विकास गर्दै जानुपर्नेमा उनले जाेड दिए । स्वास्थ्य चाैकीकाे लागी अपुग रकम नगरले थपेर सुविधा सम्पन्न भवन निर्माण गरि सेवा प्रवाह गर्ने मेयर तामाङकाे भनाई छ । स्वास्थ्य चाैकीमा ल्यव टेस्ट, बर्थिङ सेन्टर लगाएतकाे सुविधा दिईने नगर प्रमुख तामाङले जानकारी दिए ।

याे स्वास्थ्य चाैकी निर्माण सम्पन्न पश्चात नागरिकलाई ठुलाे राहत मिल्ने वडा अध्यक्ष अमृत खनालले बताए । स्वास्थ्य चाैकी मात्र नभई वडामा भाैतिक संरचना तथा सामाजिक विकासका कामहरू भईरहेकाे वडा अध्यक्ष खनालले जानकारी दिए ।

कुल ३ कराेड १७ लाख ७२ हजार २४३ मा टेन्डर आव्हान भएकाेमा २ कराेड १३ लाख ३९ हजार हजार ९८९ रूपैंयामा ठेक्का लागेकाे हाे । कर्मचारी आवास २ काेठा,  बर्थिङ्ग सेन्टर, ६ काेठा तल्लाे तलामा, सरूवा राेगकाे उपचारका लागि छुट्टै कक्ष, क्लिनिक लगाएतकाे संरचना तयार हुने मेलम्ची नगरपालिकाका सब ईन्जिनियर सन्ताेष थापाले जानकारी दिए ।

रूक्मिनि ईन्जिनियरिङ एण्ड कन्ट्रक्सन प्रा.लि भक्तपुरले २०८० फागुन २८ देखि १८ महिनाकाे अवधिमा भवन निर्माण सम्पन्न गर्ने प्रबन्ध निर्देशक केदार दुलालले बताए । अपांगमैत्री र बालमैत्री भवन सम्झौता अवधिभरमा सम्पन्न गर्ने उनले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा पूर्व वडा अध्यक्ष भक्त बहादुर खड्का, समाजसेवी, राजनीतीक दलका प्रतिनिधि, सञ्चारकर्मी लगाएत स्थानियकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय