BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

काठमाण्डाै । बिनाेद नेपाल स्मृति फाउण्डेसनकाे आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । बुढानिलकण्ठ नगरपालिका १० काठमाण्डाैमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।

शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेकाे संस्थाका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिए । कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा हुने गरेकाे कुरालाई मध्यनजर गर्दै केही हदसम्म रगतको अभाव लाई पुर्ती गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

संस्थाका अध्यक्ष डा. गंगादत्त नेपालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पुर्व स्वास्थ्यमन्त्री गगन थापाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । रक्तदान कार्यक्रममा फाउण्डेसनका सल्लाहकार वंशलाल तामाङ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

रक्तदान कार्यक्रममा मन्तब्य राख्दै पुर्वमन्त्री गगन थापाले यस कार्यक्रमले बिनाेद नेपाललाई सम्झने अवसर पनि भएकाे बताए । ‘विगतलाई सम्झने र जीवन अघि बढाउने कार्यक्रम यहि हाे’, थापाले भने । रक्तदान कार्यक्रममा सहयाेग गर्ने सबैलाई उनले धन्यवाद दिए ।

फाउण्डेसनले बार्षिक रूपमा रक्तदान कार्यक्रम गर्दै आएकाे छ । समाजसेवी गंगादत्त नेपालको छोरा बिनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा कार दुर्घटनामा परि निधन भएको थियो । उनको सम्झनामा गठन गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपराेस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरेकाे फाउण्डेशनले जनाएकाे छ ।

बिनोद नेपाल स्मृति फाउण्डेसनले स्वर्गीय विनोद नेपालको सम्झनामा छात्रवृत्ति कार्यक्रम समेत सरू गरेको छ । मेलम्चीकाे इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको फाउण्डेसनका अध्यक्ष गंगादत्त नेपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय