BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मेलम्ची नगरपालिकाकाे १६ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आईतमान तामाङले समृद्ध मेलम्ची निर्माणका लागि विभिन्न याेजनाहरू अघि सारेका हुन ।

स्थानिय उत्पादनलाई उच्च प्राथमिकतामा राखि आर्थिक बर्ष २०८१/०८२ देखि हाटबजारकाे माध्यमबाट स्थानिय उत्पादनकाे प्रवद्धन र बजारीकरण गर्ने नीति लिएकाे छ ।

कृषि तथा पशु विकासकाे लागि एकीकृत सेवा केन्द्र र घुम्ति शिविर मार्फत कृषकहरूलाई थप सेवा सुविधा पुर्याउने नीति रहेकाे छ । कृषकहरूकाे क्षमता विकासका लागि कृषककै खेतबारीमा गएर तालिम तथा प्राविधिक सेवा उपलब्ध गराउने नीति लिएकाे छ ।

कृषि यान्त्रिकरणकाे सम्भावना कम भएकन एवं यान्त्रिकरणमा लागत बढि लाग्ने क्षेत्रका कृषकहरूलाई प्राेत्साहन गर्न गाेरू पालनकाे लागि अनुदानकाे व्यावस्था गर्ने नीति तथा कार्यक्रममा समावेश गरीएकाे छ ।

मेलम्ची नगरपालिका वडा नम्बर १३ लगाएतका अन्य वडामा रहेका गुठि जग्गाको दिगाे व्यावस्थापनका लागि गुठि संस्थान, प्रदेश सरकार एवं संघिय सरकारसंग आवश्यक समन्वय गर्ने बताईएकाे छ ।

मेलम्ची तथा ईन्द्रावती नदिमा आएकाे भिषण बाढिबाट क्षति भएका सार्वजनिक तथा निजि संरचनाहरूकाे पुनर्निर्माण गर्न निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरीएकाे छ ।

मेलम्ची नगरपालिका भित्रका बजार क्षेत्रबाट उत्पादन तथा संकलन हुने फाेहाेरमैलाकाे दिगाे तथा वातावरणमैत्रि व्यावस्थापनकाे लागि उपयुक्त स्थान पहिचान गरि फाेहाेरमैला व्यावस्थापन गर्ने उल्लेख गरीएकाे छ । साथै नगर तथा वडास्तरीय संयन्त्र मार्फत विशेष अभियान सञ्चालन गरि नागरीकहरूलाई फाेहाेर व्यावस्थापनका लागि सचेत गराउने जनाईएकाे छ ।

नगरपालिका भित्रका मुख्य बजार क्षेत्रहरूमा आवश्यकता र मागका आधारमा सार्वजनिक शाैचालय निर्माण गर्ने उल्लेख गरीएकाे छ ।

भ्रष्टाचार शून्य सहनशिलताकाे नीति अवलम्बन गर्दै विकास निर्माण तथा सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहित र शुसासन कायम गरि नागरीकमैत्रि बनाउने नगरपालिकाले नीति लिएकाे छ । साथै नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिने जनाएकाे छ । माग र आवश्यकताअनुसार सञ्चारकर्मीहरूकाे क्षमता विकासकाे लागि काम गर्ने जनाएकाे छ ।

मेलम्ची नगरपालिकाभित्र मृत्यू भएका हरेक नागरीकहरूकाे मृत्युकाे कारण सहितकाे अभिलेख सम्बन्धित स्वास्थ्य संस्थाहरूमा राख्ने कामकाे सुरूवात गरीने भएकाे छ ।

विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि एवं सिकाई आदान प्रदानका लागि मेलम्ची नगरपालिकाकाे ईन्द्रेश्वरी मावि, तेर्से मावि, क्याैलेठाना आवि, जनता मावि, ठुलाे थकनि मावि, जाल्पादेवि मावि र सरस्वती माविमा बहु आयामिक छात्रावास निर्माण गर्ने नगरपालिकाले जनाएकाे छ ।

साथै नगर प्रमुख छात्रवृति मार्फत प्राविधिक शिक्षा र उच्च शिक्षा अध्ययनरत गरीव, जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृति प्रदान गर्ने नितिलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरीएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय