BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर । सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८३ कराेड ५० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शाेमवार बसेको गाउँसभाकाे छैठाैँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष शाेभना तामाङद्वारा प्रस्तुत बजेट बक्तब्यमा आन्तरिक आय २३ कराेड ५५ लाख ४७ हजार १ सय ५३ रूपैयाँ, संघिय अनुदान ५० कराेड ४६ लाख ९४ हजार ६ सय ९७ रूपैयाँ, बागमती प्रदेश सरकार बाट ९ कराेड ४७ लाख ५८ हजार १ सय ५० रूपैयाँ गरि जम्मा ८३ कराेड ५० लाख आम्दानी हुने अनुमान गरिएकाे छ ।

त्यस्तै व्यय तर्फ चालू खर्च १३ कराेड ५८ लाख ५० हजार, वडा कार्यालयहरूकाे तर्फबाट पेश गर्ने याेजनाहरूकाे लाख ७ कराेड ४० लाख, विपद व्यवस्थापन लगाएतका अन्य विभिन्न काेषहरूकाे लागि २ कराेड, हेफरसंगकाे साझेदारीकाे लागि १ कराेड, झाे.पु लगायतका अन्य साझेदारीकाे लागि ७० लाख बिनियाेजन गरिएकाे छ ।

उपाध्यक्षसंग समृद्वि कार्यक्रमकाे लागि ३० लाख, लघु उद्यमीलाई सहुलियतपुर्ण कर्जा उपलब्ध गराउनकाे लागि जमानत बापत १ कराेड, २ वटा अस्पताल सञ्चालन व्यवस्थापन अनुदानकाे लागि ८० लाख, दायित्व भुक्तानीकाे लागि २ कराेड ५० लाख, बिषयगत शाखा तथा अन्य याेजनाहरूकाे लागि ९ कराेड ३ लाख ७२ हजार र विभिन्न पुर्वाधार लगायतका कार्यक्रमका लागि १० कराेड ३३ हजार सार्वजनिक गरिएकाे छ ।

संघिय समपुरक याेजनाका लागि ३ कराेड, विशेष याेजनाका लागि ९५ लाख, ससर्त याेजनाहरूका लागि २५ कराेड २८ लाख, त्यस्तै बागमती प्रदेश समपुरक याेजनाहरूका लागि ४ कराेड, विशेष याेजनाका लागि ८० लाख र ससर्त याेजनाका लागि २ कराेड २४ लाख ४५ हजार गरि जम्मा ८३ कराेड ५० लाख रूपैयाँ कुल खर्च सहित अनुमानित बजेट पेस गरिएकाे छ ।

विनियाेजन विद्येयकमा पुर्वाधार बिकास तर्फकाे १० कराेड ३३ लाख ब्रेकडाउन गर्न बाँकी रहेकाे पालिकाका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिए । अर्काे सभाबाट साे बजेटकाे ब्रेकडाउन हुने उनकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय