BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

नवलपुर । सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८३ कराेड ५० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शाेमवार बसेको गाउँसभाकाे छैठाैँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष शाेभना तामाङद्वारा प्रस्तुत बजेट बक्तब्यमा आन्तरिक आय २३ कराेड ५५ लाख ४७ हजार १ सय ५३ रूपैयाँ, संघिय अनुदान ५० कराेड ४६ लाख ९४ हजार ६ सय ९७ रूपैयाँ, बागमती प्रदेश सरकार बाट ९ कराेड ४७ लाख ५८ हजार १ सय ५० रूपैयाँ गरि जम्मा ८३ कराेड ५० लाख आम्दानी हुने अनुमान गरिएकाे छ ।

त्यस्तै व्यय तर्फ चालू खर्च १३ कराेड ५८ लाख ५० हजार, वडा कार्यालयहरूकाे तर्फबाट पेश गर्ने याेजनाहरूकाे लाख ७ कराेड ४० लाख, विपद व्यवस्थापन लगाएतका अन्य विभिन्न काेषहरूकाे लागि २ कराेड, हेफरसंगकाे साझेदारीकाे लागि १ कराेड, झाे.पु लगायतका अन्य साझेदारीकाे लागि ७० लाख बिनियाेजन गरिएकाे छ ।

उपाध्यक्षसंग समृद्वि कार्यक्रमकाे लागि ३० लाख, लघु उद्यमीलाई सहुलियतपुर्ण कर्जा उपलब्ध गराउनकाे लागि जमानत बापत १ कराेड, २ वटा अस्पताल सञ्चालन व्यवस्थापन अनुदानकाे लागि ८० लाख, दायित्व भुक्तानीकाे लागि २ कराेड ५० लाख, बिषयगत शाखा तथा अन्य याेजनाहरूकाे लागि ९ कराेड ३ लाख ७२ हजार र विभिन्न पुर्वाधार लगायतका कार्यक्रमका लागि १० कराेड ३३ हजार सार्वजनिक गरिएकाे छ ।

संघिय समपुरक याेजनाका लागि ३ कराेड, विशेष याेजनाका लागि ९५ लाख, ससर्त याेजनाहरूका लागि २५ कराेड २८ लाख, त्यस्तै बागमती प्रदेश समपुरक याेजनाहरूका लागि ४ कराेड, विशेष याेजनाका लागि ८० लाख र ससर्त याेजनाका लागि २ कराेड २४ लाख ४५ हजार गरि जम्मा ८३ कराेड ५० लाख रूपैयाँ कुल खर्च सहित अनुमानित बजेट पेस गरिएकाे छ ।

विनियाेजन विद्येयकमा पुर्वाधार बिकास तर्फकाे १० कराेड ३३ लाख ब्रेकडाउन गर्न बाँकी रहेकाे पालिकाका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिए । अर्काे सभाबाट साे बजेटकाे ब्रेकडाउन हुने उनकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय