BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने मेलम्ची नगरपालिका भित्रका २ विद्यार्थी र ३.६ भन्दा बढी जिपिए ल्याउने ३० जना गरि ३२ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा एसईई २०८०, बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि नगरपालिकाले एसईईमा ३.६ भन्दा बढी जिपिए ल्याउने ३२ जना विद्यार्थी र २ विद्यालयका शिक्षकलाई सम्मान गरिएको मेलम्ची नगरपालिकाका शिक्षा अधिकृत सुधिनराज बुढाथोकीले जानकारी दिए ।

मेलम्ची नगरपालिकाकै उत्कृष्ट नतिजा ल्याउने छात्र तर्फ महाकाली मावि, मेलम्ची १२ गिरान्चौर बाट ३.९१ जिपिए ल्याउने मनोज तिवारीलाई उत्कृष्ट छात्रको रूपमा सम्मान गरिएको थियो । त्यस्तै तेर्से मावि, मेलम्ची ६ तालामाराङ बाट ३.८६ जिपिए ल्याउने सोनी तामाङलाई उत्कृष्ट छात्राको रूपमा सम्मानित गरिएको थियो । उनिहरुलाई नगद सहित सम्मान गरिएको हो । उत्कृष्ट नतिजा ल्याउने २ जनालाई जनहि १५ हजार र ३.६ भन्दा बढी जिपिए ल्याउने ३० जना विद्यार्थीलाई १० हजार सहित सम्मान गरिएको हो ।

मेलम्ची कम्युनिटि अंग्रेजी माध्यमिक विद्यालय बाट एसईईमा १४ जनाले परिक्षा दिएकोमा १४ जना पास हुन सफल भएकोमा विद्यालयलाई सम्मान गरिएको थियो । त्यस्तै सामुदायिक विद्यालय तर्फ तेर्से माविमा ५२ जनाले एसईई परिक्षा दिएकोमा ४८ जना उत्तिर्ण भई ९२ प्रतिशत ल्याउन सफल भएको थियो ।

सम्मान कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षा अधिकृत सुधिनराज बुढाथोकीले आफुलाई यो दिन उत्साहको दिन लागेको बताए । प्रअको प्रागिक र प्रशासनीक कुसलताका कारण विद्यार्थीहरु सम्मान ग्रहण गर्ने स्थानमा पुगेको भन्दै उनले खुसी व्यक्त गरे । भोलिका दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त गरेर नगरले सम्मान गर्न पाओस भन्दै उनले विद्यार्थीलाई शुभकामना व्यक्त गरे । ‘अब विद्यार्थीको सिकाईमा जोड दिनुपर्छ’, उनले भने ‘अभिभावक संगको सम्बन्ध कसरी राम्रो बनाउन सकिन्छ शिक्षकले त्यो कुरामा ध्यान दिनुपर्छ’ ।

सम्मान कार्यक्रममा भनाई राख्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभरिका विद्यालयमा एसईईमा ३.६ भन्दा धेरै जिपिए ल्याउने ३२ जना विद्यार्थीलाई सम्मान गर्न पाउनु सुखद कुरा भएको बताए । आफु निर्वाचित भएको पहिलो र दोस्रो कार्यकालमा नितिगत कुराहरूमा व्यस्त भएकाले यो सम्मान कार्यक्रम राख्न नपाएको र तेस्रो बर्षमा मात्र सम्मान कार्यक्रम राखेको जानकारी दिए । सो अवसरमा प्रमुख तामाङले विद्यार्थीले मेलम्ची नगरपालिकाको सान राखिदिएकोमा धन्यवाद ज्ञापन गरे । मेहनती विद्यार्थी र आर्थीक अवस्था कम भएकोलाई छात्रवृत्ति दिने उनले प्रतिवद्धता व्यक्त गरे । एसईईमा यो बर्ष नगरपालिकामा ५०.८% पास भएको र अर्काे बर्ष ७०% भन्दा माथी नतिजा ल्याउने गरि काम गर्नुपर्ने उनको धारणा छ । आगामी दिनमा विषयगत शिक्षक र आधारभुत तहका उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गर्ने मेयर तामाङले प्रतिवद्धता व्यक्त गरे ।

मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले सम्मानित हुने सबै विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा यो भन्दा धेरै सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरिन । सामुदायिक विद्यालयमा पढेका विद्यार्थीले ३.९१ जिपिए ल्याउन सफल हुनु नगरपालिकाकै गौरवको बिषय भएको उनले बताइन ।

त्यस्तै शिक्षक पेशागत महासंघका जिल्ला अध्यक्ष कुमार प्रसाद खतिवडाले अभिभावकको साथ र विद्यार्थीको लगनशिलता तथा मेहनतले यो उपलब्धि हासिल भएको बताए । ‘धेरै उपलब्धि हाँसिल गर्न बाँकी छ, यो पहिलो ढोका हो’, उनले भने । सिकाई सुधारको लागि थप मेहनत गर्न आवस्यक रहेको बताउँदै खतिवडाले विषयगत शिक्षकलाई पनि सम्मान गर्न सकेमा आत्मविश्वास बढ्ने धारणा व्यक्त गरे । राष्ट्रको नतिजा भन्दा मेलम्चीको नतिजा राम्रो भएको उनको भनाई छ ।

कार्यक्रममा नगरभरिमै उत्कृष्ट नतिजा ल्याउने छात्र तर्फ महाकाली मावि, मेलम्ची १२ गिरान्चौरका मनोज तिवारी र छात्रा तर्फ तेर्से मावि, मेलम्ची ६ तालामाराङकि सोनी तामाङले मन्तव्य राखेका थिए । सो कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत असोक कुमार भट्टराई, वडा अध्यक्षहरु, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राजश्व शाखाका प्रमुख राजेन्द्र दुलालले गरेका थिए । कार्यक्रमको अध्यक्षता मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय