BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । ईन्द्रावती गाउँपालिकाका ३३ विद्यालयले बार्षिक एक कराेड पैसठ्ठी लाख अनुदान पाउने भएका छन । युएसएआइडीले ईन्द्रावतीका ३३ विद्यालयलाई बार्षिक ५ लाखकाे दरले अनुदान दिने भएकाे हाे ।

गाउँपालिकामा बुधवार एक कार्यक्रमकाे आयाेजना गरि युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ अन्तर्गत विद्यालय अनुदान सम्झाैता र कार्यान्वयन सम्बन्धी अभिमुखिकरण गरिएकाे हाे ।

याे कार्यक्रम ५ बर्ष चल्ने भएतापनि हाल १ बर्षकाे लागि सम्झाैता भएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिए । सम्झाैता बमाेजिम कार्यक्रम भएकाे नभएकाे शिक्षा शाखाले अनुगमन गर्दछ । शिक्षक मात्रै नभई विव्यस अध्यक्ष पनि याे कार्यक्रम कार्यान्वयन गर्न लाग्नुपर्ने जरूरी रहेकाे युएसएआइडीका प्रतिनिधिहरूले अभिमुखीकरण कार्यक्रममा बताए ।

साे रकम बाट भाैतिक पुर्वाधार निर्माण गर्न पाईने छैन । सिमेन्ट र इट्टाकाे प्रयाेग बाट पुर्वाधार बनाउन नपाईने बताइएकाे छ । अनुदान विद्यालयलाई २ किस्तामा उपलब्ध गराइने र सिकाई उपलब्धि हाँसिल गर्ने क्षेत्रमा खर्च गर्नुपर्ने सम्झाैतामा उल्लेख छ । सम्झाैता गरे पश्चात् विद्यालयले तत्कालै ३ लाख पाउने र कार्यक्रम सम्पन्न गरेपश्चात बाँकी २ लाख उपलब्ध गराइने युएसएआइडीका एक प्रतिनिधिले जानकारी दिए । विद्यालयले साे अनुदान १५ वटा शिर्षकमा खर्च गर्न पाउनेछन ।

देशकाे ७५३ स्थानियतह मध्ये १०९ पालिकामा याे कार्यक्रम लागू भएकाे प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले प्रारम्भिक कक्षा सिकाईमा आधारित विद्यालय अनुदानले गाउँपालिकाका सामुदायिक विद्यालयकाे जग बलियाे हुने बिश्वास व्यक्त गरे ।

सिकाई उपलब्धि बृद्वि गर्नकाे लागि याे कार्यक्रम महत्वपुर्ण रहेकाे उनकाे भनाई छ । सिन्धुपाल्चाेकका १२ पालिका मध्ये २ पालिकाले याे कार्यक्रम गर्न लागेकाे हाे । ईन्द्रावती र भाेटेकाेशीले याे कार्यक्रम गर्ने अवसर पाएकाे छ । प्रत्येक विद्यालयले ४ हजार डलर प्राप्त गर्नेछन ।

हाल गाउँपालिकाका हरेक क्षेत्रकाे नितिहरू बनेकाे जानकारी दिँदै अध्यक्ष नेपालले ईन्द्रावतीकाे उपलब्धी अन्तर्राष्ट्रियकरण गर्ने बताए । ‘यश कार्यक्रम बाट भएका उपलब्धीहरू भिडियाे डकुमेन्ट्रि बनाउने र दस्तावेज तयार पार्नेछाैँ’, उनले भने ‘यहाँका उपलब्धीहरू देश र बिदेशमा देखाउने छाैँ’ ।

साेहि अवसरमा पालिका अध्यक्ष नेपालले अशक्त अपाङ्गहरूकाे घर घरमै गएर निशुल्क स्वास्थ्य जाँच गर्ने गरेकाे उल्लेख गरे । ‘स्वास्थ्य क्षेत्रमा निकै उपलब्धिमुलक काम भएका छन’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय