BREAKING
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश | सिन्धुपाल्चाेकमा स्वास्थ्य कार्यक्रम समीक्षाः पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो | सरस्वती माध्यमिक विद्यालय हेलम्बु–४मा बाल सुरक्षा तथा मानव बेचबिखन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न | एमाले पाँचपोखरी अध्यक्षमा दोकदोक तामाङ | इस्लामावादको अदालत बाहिर आत्मघाती विस्फोट, १२ को मृत्यु | | इस्लामावादको अदालत बाहिर आत्मघाती विस्फोट, १२ को मृत्यु | मेलम्ची नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न | पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास सफल | मेलम्ची खानेपानीको साइट कार्यालयमा स्थानीयको ताला, पानी पथान्तरण रोकिने |

सिन्धुपाल्चाेक । ईन्द्रावती गाउँपालिकाका ३३ विद्यालयले बार्षिक एक कराेड पैसठ्ठी लाख अनुदान पाउने भएका छन । युएसएआइडीले ईन्द्रावतीका ३३ विद्यालयलाई बार्षिक ५ लाखकाे दरले अनुदान दिने भएकाे हाे ।

गाउँपालिकामा बुधवार एक कार्यक्रमकाे आयाेजना गरि युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ अन्तर्गत विद्यालय अनुदान सम्झाैता र कार्यान्वयन सम्बन्धी अभिमुखिकरण गरिएकाे हाे ।

याे कार्यक्रम ५ बर्ष चल्ने भएतापनि हाल १ बर्षकाे लागि सम्झाैता भएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिए । सम्झाैता बमाेजिम कार्यक्रम भएकाे नभएकाे शिक्षा शाखाले अनुगमन गर्दछ । शिक्षक मात्रै नभई विव्यस अध्यक्ष पनि याे कार्यक्रम कार्यान्वयन गर्न लाग्नुपर्ने जरूरी रहेकाे युएसएआइडीका प्रतिनिधिहरूले अभिमुखीकरण कार्यक्रममा बताए ।

साे रकम बाट भाैतिक पुर्वाधार निर्माण गर्न पाईने छैन । सिमेन्ट र इट्टाकाे प्रयाेग बाट पुर्वाधार बनाउन नपाईने बताइएकाे छ । अनुदान विद्यालयलाई २ किस्तामा उपलब्ध गराइने र सिकाई उपलब्धि हाँसिल गर्ने क्षेत्रमा खर्च गर्नुपर्ने सम्झाैतामा उल्लेख छ । सम्झाैता गरे पश्चात् विद्यालयले तत्कालै ३ लाख पाउने र कार्यक्रम सम्पन्न गरेपश्चात बाँकी २ लाख उपलब्ध गराइने युएसएआइडीका एक प्रतिनिधिले जानकारी दिए । विद्यालयले साे अनुदान १५ वटा शिर्षकमा खर्च गर्न पाउनेछन ।

देशकाे ७५३ स्थानियतह मध्ये १०९ पालिकामा याे कार्यक्रम लागू भएकाे प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले प्रारम्भिक कक्षा सिकाईमा आधारित विद्यालय अनुदानले गाउँपालिकाका सामुदायिक विद्यालयकाे जग बलियाे हुने बिश्वास व्यक्त गरे ।

सिकाई उपलब्धि बृद्वि गर्नकाे लागि याे कार्यक्रम महत्वपुर्ण रहेकाे उनकाे भनाई छ । सिन्धुपाल्चाेकका १२ पालिका मध्ये २ पालिकाले याे कार्यक्रम गर्न लागेकाे हाे । ईन्द्रावती र भाेटेकाेशीले याे कार्यक्रम गर्ने अवसर पाएकाे छ । प्रत्येक विद्यालयले ४ हजार डलर प्राप्त गर्नेछन ।

हाल गाउँपालिकाका हरेक क्षेत्रकाे नितिहरू बनेकाे जानकारी दिँदै अध्यक्ष नेपालले ईन्द्रावतीकाे उपलब्धी अन्तर्राष्ट्रियकरण गर्ने बताए । ‘यश कार्यक्रम बाट भएका उपलब्धीहरू भिडियाे डकुमेन्ट्रि बनाउने र दस्तावेज तयार पार्नेछाैँ’, उनले भने ‘यहाँका उपलब्धीहरू देश र बिदेशमा देखाउने छाैँ’ ।

साेहि अवसरमा पालिका अध्यक्ष नेपालले अशक्त अपाङ्गहरूकाे घर घरमै गएर निशुल्क स्वास्थ्य जाँच गर्ने गरेकाे उल्लेख गरे । ‘स्वास्थ्य क्षेत्रमा निकै उपलब्धिमुलक काम भएका छन’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय