BREAKING
प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी | स्वास्थ्य क्षेत्रमा जनशक्ति वृद्धि गर्न प्रदेश सरकार लागि परेको छ : मन्त्री थापा | स्वास्थ्य सेवा सुदृढीकरणमा प्रदेश सरकार प्रतिबद्ध” : थापा मगर | मेलम्चीमा राष्ट्रपती रनिङ शिल्ड सुरु, खेलमार्फत सिकाइ र अनुशासनमा जोड | शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण |

मेलम्ची । मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको छ ।

नगरपालिकाको मंसिर २८ गते बसेको कार्यपालिका बैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले पुर्याउने असरको सम्वन्धमा छलफल गर्न दिवस आयोजना गर्न लागिएको हो । दिवसको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए।

२०७५ सालमा जिल्ला समन्वय समिति महासंघको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको संयोजनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गरेकि थिइन । उक्त सम्मेलनमा ७७ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख तथा जलवायु परिवर्तन र वातावरण विज्ञहरुको सहभागिता थियो ।

सोहि बेला जलवायु परिवर्तनलाई संकेत गर्ने स्ट्याचुको अनावरण तथा ७७ जिल्लाको नाम अंकित राष्ट्रिय झण्डा फहराएर सम्मेलन उद्घाटन गरिएको थियो । त्यसपछि लगातार २०७८ सालसम्म जिल्ला समन्वय समिति महासंघले दिवसको आयोजना गरेको थियो । महासंघले २०७९ बाट कार्यक्रमलाई निरन्तरता दिन छाडेपछि गत वर्ष मेलम्ची नगरपालिकाले विभिन्न कार्यक्रम गरी दिवसको आयोजना गरेको थियो।

जलवायु सम्मेलन भएको पर्यटकीय स्थल गुफा डाँडामा नगरपालिकाले विभिन्न संरचनाहरुको निर्माण समेत गरिरहेको छ । समुन्द्रि सतहबाट दुई हजार दुई सय ५० मिटर उचाईमा पर्ने गुफा डाँडामा उक्त दिन सांस्कृतिक प्रस्तुती तथा जलवायु विज्ञको प्रस्तुतिकरण सहितको कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय