BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची नगरपालिका वडा नम्बर १ र मेलम्ची ५ जोड्ने पधेरिखोल्ची महादेवस्थान मोटरेवल पुलको आज शिलान्यास गरिएको छ ।  बागमति प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर) र मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले पुलको शिलन्यास गरेकाे सांसद तामाङका स्वकिय सचिव विशाल राउतले जानकारी दिए ।

शिलन्यास कार्यक्रममा सांसद तामाङले स्थानियको आवश्यकतालाई मध्यनजर गर्दै पुल निमार्णका लागी बजेट विनियोजन गर्न पहल गरेको बताए । उनले ०७९÷८०मा २० लाख बजेट विनियोजन गरेको र ०८०÷८१मा १ करोड विनियोजन भएपछि अहिले पुलको शिलन्यास गर्न पाएको जानकारी दिए । पूर्व भौतिक मन्त्री युवराज दुलाल मन्त्री भएका बेला आफुले पहल गरेर अर्थमन्त्रालयबाट ४ करोड ४५ लाख बराबरको स्रोत सुनिश्चित भएको उनले बताए ।

त्यस्तै नगर प्रमुख आइतमान तामाङले बागमती प्रदेश सरकारबाट विनियोजन भएको बजेट बाट बन्न लागेको पुल पुरा गर्नका लागी बजेटको आवश्यक परेमा सहयोग गर्ने बताए । तामाङले गुणस्तरीय पुल निमार्ण गर्न निर्देशन दिदैं प्राविधिक जनशक्ति लगायत नगरपालिका बाट आवश्यक साथ सहयोगका लागी सधै साथमा रहेको उद्घाेस गरे ।

कार्यक्रममा मेलम्ची –५ का वडा अध्यक्ष राजु रायमाझी, मेलम्ची –२ का वडा अध्यक्ष नागेन्द्र खतिवडा, राजनीतिक दलका प्रतिनिधिहरु लगायत स्थानियको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय