BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

मेलम्ची नगरपालिका वडा नम्बर १ र मेलम्ची ५ जोड्ने पधेरिखोल्ची महादेवस्थान मोटरेवल पुलको आज शिलान्यास गरिएको छ ।  बागमति प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर) र मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले पुलको शिलन्यास गरेकाे सांसद तामाङका स्वकिय सचिव विशाल राउतले जानकारी दिए ।

शिलन्यास कार्यक्रममा सांसद तामाङले स्थानियको आवश्यकतालाई मध्यनजर गर्दै पुल निमार्णका लागी बजेट विनियोजन गर्न पहल गरेको बताए । उनले ०७९÷८०मा २० लाख बजेट विनियोजन गरेको र ०८०÷८१मा १ करोड विनियोजन भएपछि अहिले पुलको शिलन्यास गर्न पाएको जानकारी दिए । पूर्व भौतिक मन्त्री युवराज दुलाल मन्त्री भएका बेला आफुले पहल गरेर अर्थमन्त्रालयबाट ४ करोड ४५ लाख बराबरको स्रोत सुनिश्चित भएको उनले बताए ।

त्यस्तै नगर प्रमुख आइतमान तामाङले बागमती प्रदेश सरकारबाट विनियोजन भएको बजेट बाट बन्न लागेको पुल पुरा गर्नका लागी बजेटको आवश्यक परेमा सहयोग गर्ने बताए । तामाङले गुणस्तरीय पुल निमार्ण गर्न निर्देशन दिदैं प्राविधिक जनशक्ति लगायत नगरपालिका बाट आवश्यक साथ सहयोगका लागी सधै साथमा रहेको उद्घाेस गरे ।

कार्यक्रममा मेलम्ची –५ का वडा अध्यक्ष राजु रायमाझी, मेलम्ची –२ का वडा अध्यक्ष नागेन्द्र खतिवडा, राजनीतिक दलका प्रतिनिधिहरु लगायत स्थानियको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय