BREAKING
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश | सिन्धुपाल्चाेकमा स्वास्थ्य कार्यक्रम समीक्षाः पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो | सरस्वती माध्यमिक विद्यालय हेलम्बु–४मा बाल सुरक्षा तथा मानव बेचबिखन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न | एमाले पाँचपोखरी अध्यक्षमा दोकदोक तामाङ | इस्लामावादको अदालत बाहिर आत्मघाती विस्फोट, १२ को मृत्यु | | इस्लामावादको अदालत बाहिर आत्मघाती विस्फोट, १२ को मृत्यु | मेलम्ची नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न | पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास सफल | मेलम्ची खानेपानीको साइट कार्यालयमा स्थानीयको ताला, पानी पथान्तरण रोकिने |

नवलपुर । सिन्धुपाल्चाेक क्षेत्र नं २ बाट निर्वाचित संघिय सांसद माेहन बहादुर बस्नेतले गाैखुरेश्वर फलाँटेश्वर महादेव धाममा ४० किलाेकाे घण्ट राखिदिने प्रतिवद्वता ब्यक्त गरेका छन ।

मंगलवार इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा सुरू भएकाे श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ कार्यक्रम लाई सम्बाेधन गर्दै प्रमुख अतिथि पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले एक हप्ता भित्रमा मन्दिरमा ठुलाे घण्ट राखिदिने प्रतिवद्वता व्यक्त गरे । ४० किलाेकाे घण्ट राखिदिने उनकाे भनाई छ ।

उनले अगामी आर्थीक बर्ष भित्रमा सरकारी रकम कराेड भन्दा बढी यश ठाउँमा बिनियाेजन गरिदिने प्रतिवद्वता समेत व्यक्त गरे । यस महायज्ञले नेपालकाे धर्म संस्कृति जगेर्ना गर्ने कुरामा ठुलाे भुमिका खेल्ने उनकाे भनाई छ ।

आफुलाई अत्यधिक मत दिएर बिजय गराएकाेमा समेत उनले मतदातालाई धन्यवाद दिए । सिन्धुपाल्चाेकमा ३९ वटा स्वास्थ्यचाैकी भवन बनाउन एकैदिन निर्णय गरिदिएकाे भन्दै बस्नेतले ईन्द्रावती मा मात्रै ६ वटा स्वास्थ्यचाैकी भवन बनाउन रकम बिनियाेजन गरिदिएकाे जानकारी दिए ।

इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा आज देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरू भएकाे छ । पुस १६ गतेदेखि २३ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय