BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर । सिन्धुपाल्चाेक क्षेत्र नं २ बाट निर्वाचित संघिय सांसद माेहन बहादुर बस्नेतले गाैखुरेश्वर फलाँटेश्वर महादेव धाममा ४० किलाेकाे घण्ट राखिदिने प्रतिवद्वता ब्यक्त गरेका छन ।

मंगलवार इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा सुरू भएकाे श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ कार्यक्रम लाई सम्बाेधन गर्दै प्रमुख अतिथि पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले एक हप्ता भित्रमा मन्दिरमा ठुलाे घण्ट राखिदिने प्रतिवद्वता व्यक्त गरे । ४० किलाेकाे घण्ट राखिदिने उनकाे भनाई छ ।

उनले अगामी आर्थीक बर्ष भित्रमा सरकारी रकम कराेड भन्दा बढी यश ठाउँमा बिनियाेजन गरिदिने प्रतिवद्वता समेत व्यक्त गरे । यस महायज्ञले नेपालकाे धर्म संस्कृति जगेर्ना गर्ने कुरामा ठुलाे भुमिका खेल्ने उनकाे भनाई छ ।

आफुलाई अत्यधिक मत दिएर बिजय गराएकाेमा समेत उनले मतदातालाई धन्यवाद दिए । सिन्धुपाल्चाेकमा ३९ वटा स्वास्थ्यचाैकी भवन बनाउन एकैदिन निर्णय गरिदिएकाे भन्दै बस्नेतले ईन्द्रावती मा मात्रै ६ वटा स्वास्थ्यचाैकी भवन बनाउन रकम बिनियाेजन गरिदिएकाे जानकारी दिए ।

इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा आज देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरू भएकाे छ । पुस १६ गतेदेखि २३ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय