BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । नेपाल सरकारका पुर्व कानुन मन्त्री शेर बहादुर तामाङले जलवायु सम्मेलन निरन्तर गर्न जरूरी रहेकाे बताएका छन ।

मेलम्ची नगरपालिका-९ स्थित पर्यटकीयस्थल गुफाडाँडामा जलवायु सम्मेलन २०८१ मा शुभकामना मन्तव्य राख्दै पुर्वमन्त्री तामाङले जलवायु सम्मेलनकाे आयाेजना गरेकाेमा मेलम्ची नगरपालिकालाई धन्यवाद दिए ।

“याे सम्मेलन निरन्तर गर्न जरूरी छ, मेलम्ची नगरपालिकालाई धन्यवाद”, उनले भने । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर मेलम्चीमा बाढी आएकाे तामाङकाे भनाई छ । बिकसित मुलुकले काेईला बालेर कार्वन उत्सर्जन भई वायु प्रदुषण हुन पुगेकाे भन्दै यसले आम मानिसकाे दैनिकिलाई प्रभाव पारेकाे पुर्वमन्त्री तामाङले बताए ।

“हाम्रै हिमाल देखाएर अरूले पैसा कमाएका छन हामीले यहाँ बाट धेरै पर्यटक लाई आकर्षित गर्न सकिन्छ”, तामाङले भने । गुफाडाँडामा पर्यटक भित्राउन पक्कि सडक बनाउनुपर्ने उनले बताए । “मेलम्ची बाट ज्यामिरे हुँदै गुफा जाने बाटाे प्रदेश सरकारले बनाउनुपर्छ, याे बाटाे कालाेपत्रे गर्न जरूरी छ”, उनले भने ।

साे अवसरमा उनले गुफाडाँडालाई सुन्दर हरियाली चिया बगान बनाउँन प्रस्ताव गरे । यहाँ चिया बगान बनाउन सकेमा ईलाम जाने व्यक्तिलाई यश ठाउँमा आकर्षित गर्न सकिने उनकाे भनाई छ । “याे ठाउँ साँच्चै सुन्दर छ”, तामाङले थपे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय