BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका- ६ वसन्तपुरमा जारि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञकाे चाैथाे दिन ५ लाख भन्दा बढी नगद दान प्राप्त भएकाे छ । अक्षयकोष स्थापना गरि मन्दिरमा नियमित रूपमा यज्ञ अनुष्ठान गर्ने, पुजा अर्चना सहज बनाउने उदेश्यले भइरहेकाे महायज्ञमा भक्तजनहरूकाे उत्साहजनक सहभागिता रहेकाे आयाेजक गौखुरेश्वर फलाँटेश्वर गडगडेधाम विकास उपभोक्ता समितिले जनाएकाे छ ।

हरेक दिन बाक्लाे संख्यामा भक्तजनले सहभागीता जनाई कथा श्रवण गर्ने, सकेकाे दान दिने कार्य भईरहेकाे समितिका सचिव कृष्ण प्रसाद काेइरालाले जानकारी दिए । चाैथाे दिन सम्ममा भक्तजनबाट २१ लाख भन्दा बढी दान संकलन गरिएकाे उनले बताए ।

महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन भईरहेकाे छ । महायज्ञमा विभिन्न पण्डितहरूले कथा वाचन गरिरहेका छन । श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञका अध्यक्ष पण्डित रामकृष्ण आचार्यले कथा श्रवण गरी जन्मजन्मकाे पुन्य भागी बन्न सबै भक्तजनमा अनुरोध गरे ।

श्रद्वालुबाट आएको दान दातव्यको सदुपयोग गर्दै अक्षयकोष स्थापना गरि मन्दिरमा नियमित रूपमा यज्ञ अनुष्ठान गर्ने, पुजा अर्चना सहज बनाउने समितिको उदेश्य रहेको छ । यश स्थानलाई पितृ तीर्थको रूपमा बिकास गर्दै धार्मिक ऐतिहासिक र पुरातात्विक गरिमालाई बिकास गर्ने लक्ष्य राखिएको छ ।

चाैथाे दिन ईन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष वंशलाल तामाङकाे प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरिएकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै तामाङले यस ठाउँकाे महिमा हेर्ने हाे भने मुक्तिनाथ पनि यहिँ रहेकाे उल्लेख गरे । “नाैलिङ्ग महादेव पनि यहि रहेछ, यसकाे प्रचार गराैँ”, उनले भने । ऐतिहाँसिक प्रसङ्गलाई जाेड्दै निवर्तमान अध्यक्ष तामाङले हाम्राे पुराण र गितामा भएकाे कुरा लाई लिएर पुस्प विमान बनाएकाे बताए ।

महिलाहरूले महिमा बाचन गर्न हुँदैन भन्ने प्रचार गरिएतापनि अहिले महिलाहरू किरिया बस्न थालिसकेकाे उनले बताए । “हाम्राे धर्मले मानव कल्याण कसरी गर्छ त्याे महत्वपुर्ण छ”, तामाङले भने “ज्ञानकाे भण्डारलाई हामीले बिस्तार गराैँ” । हाम्राे सभ्यता र संस्कार बिश्वकै धनी भएकाे बताउँदै उनले धर्म संस्कृति जगेर्ना गर्ने महान कार्यमा आफु सधै साथमा रहने प्रतिवद्वता व्यक्त गरे ।

कार्यक्रममा ईन्द्रावती ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ, १० का अध्यक्ष रामचन्द्र घिमिरे, १० का पुर्व अध्यक्ष जीवन कुमार थापामगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं ८ का अध्यक्ष डिल बहादुर श्रेष्ठ, वडा नं ११ का अध्यक्ष रामजी माझी, समाजसेवी राजकुमार भट्टराई, नेविसंघका नेता दिनेश चाैलागाई र प्रविण कुमार कार्की, समाजसेवी, रेडियाे मिसनका अध्यक्ष सन्ताेष सिग्देल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय