BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर । शैक्षिक अभियन्ता माेहन बहादुर गिरिले सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकाका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेका छन ।

२०८३ साल भित्र ईन्द्रावती गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री र न्यानाे कपडा बितरण गर्ने गिरिले लक्ष्य लिएका छन । ईन्द्रावती गाउँपालिका भित्र ३८ सामुदायिक विद्यालय रहेका छन । अभियन्ता गिरिकाे एकल सहयाेगमा यस अघि ईन्द्रावतीका २३ वटा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिसकिएकाे छ ।

मंगलवार शैक्षिक सामाग्री र न्यानाे कपडा प्रदान गरिएकाे आँपटारकाे पञ्चकन्या आधारभुत विद्यालय २४ औँ विद्यालय भएकाे ईन्द्रावती २ का वडा अध्यक्ष श्याम बहादुर गिरिले जानकारी दिए । श्री पञ्चकन्या आधारभुत विद्यालयका ८६ जना विद्यार्थीलाई न्यानो कपडा बितरण गर्नुका साथै विद्यालयलाई वाटर डिस्पेन्सर वितरण गरिएकाे छ ।

शैक्षिक सामग्री र न्यानाे कपडाका साथै गिरिले ५३ जना बिद्यार्थीलाई प्राबिधिक शिक्षा अध्ययन गर्नको लागी ५० हजारको दरले छात्रबृत्ति समेत उपलब्ध गराएका छन । ईन्द्रावती ११ का एक बिद्यार्थीलाई समेत ईन्जिनियर अध्ययनको लागी गिरिले सहयोग गर्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय