
नवलपुर । शैक्षिक अभियन्ता माेहन बहादुर गिरिले सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकाका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेका छन ।
२०८३ साल भित्र ईन्द्रावती गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री र न्यानाे कपडा बितरण गर्ने गिरिले लक्ष्य लिएका छन । ईन्द्रावती गाउँपालिका भित्र ३८ सामुदायिक विद्यालय रहेका छन । अभियन्ता गिरिकाे एकल सहयाेगमा यस अघि ईन्द्रावतीका २३ वटा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिसकिएकाे छ ।
मंगलवार शैक्षिक सामाग्री र न्यानाे कपडा प्रदान गरिएकाे आँपटारकाे पञ्चकन्या आधारभुत विद्यालय २४ औँ विद्यालय भएकाे ईन्द्रावती २ का वडा अध्यक्ष श्याम बहादुर गिरिले जानकारी दिए । श्री पञ्चकन्या आधारभुत विद्यालयका ८६ जना विद्यार्थीलाई न्यानो कपडा बितरण गर्नुका साथै विद्यालयलाई वाटर डिस्पेन्सर वितरण गरिएकाे छ ।
शैक्षिक सामग्री र न्यानाे कपडाका साथै गिरिले ५३ जना बिद्यार्थीलाई प्राबिधिक शिक्षा अध्ययन गर्नको लागी ५० हजारको दरले छात्रबृत्ति समेत उपलब्ध गराएका छन । ईन्द्रावती ११ का एक बिद्यार्थीलाई समेत ईन्जिनियर अध्ययनको लागी गिरिले सहयोग गर्दै आएका छन ।