BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

चाैतारा । बाह्रबिसे नगरपालिका शिक्षा शाखा प्रमुख कल्पना घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापरीक्षक नियुक्ति र पारिश्रमिकमा जथाभावी गरेको भन्दै यथार्थ विवरण पठाउन पत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय चौतारामार्फत बाह्रबिसे नगरपालिकालाई पठाइएको आयोगको चं नं ४१००९ मिति ०७९ /११/२९ को पत्रमा शिक्षा प्रमुखले मनोमानी तरिकाले लेखापरीक्षक नियुक्ति गरेका विषय मुख्य छन् ।

लेखापरीक्षकको पारिश्रमिक भन्दै सामुदायिक विद्यालयबाट जथाभावी रकम उठाएर आर्थिक अनियमितता गरेको भनी आएको र त्यस विषयमा छानबिन गरी कारबाही गर्न लेखिआएको पत्रमा देखिन्छ ।

यस विषयमा अनियमितता भएको देखिएपछि बाह्रबिसे नगरका शाखा अधिकृत ज्ञानेन्द्र महतको संयोजकत्वमा सदस्यद्वय शिक्षा शाखाका विनोद कार्की, लेखा शाखाका निराजन थापा गरी तीन जनाको शिक्षा प्रमुखमाथि छानबिन समितिसमेत बनाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय चौताराले छानबिन समिति बनाएर सात दिनभित्र प्रतिवेदन पेस गर्न भनेको र प्रतिवेदन पेस भएर महिनादिनअघि पत्र पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिए ।

शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली–२०५९,आधारभूत तथा माध्यमिक शिक्षा सञ्चालन व्यवस्थापन कार्यविधि २०७४ बमोजिम लेखापरीक्षक नियुक्ति गर्दा वार्षिक रूपमा लेखापरीक्षण गर्न सुरुमा लेखापरीक्षकलाई सूचीकृत हुन नगरले सूचना जारी गर्नुपर्छ । सूचना पाएर कागजी प्रक्रियामा सूचीकृत भएकाहरूलाई समानुपातिक रूपमा लेखापरीक्षकलाई लेखा परीक्षणको जिम्मा दिइने प्रावधान छ । तर बाह्रबिसे नगरमा रहेका ५४ विद्यालयमा सूचना जारी नै नगरी शिक्षा प्रमुख घिमिरेले मनमौजी लेखापरीक्षक तोकेपछि आलोचना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय