BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नेपाली कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निःशुल्क शिक्षा र स्वास्थ्यलाई केन्द्रीय एजेन्डा बनाउँदै पार्टीको आधिकारिक तथा नियमित महाधिवेशनका लागि महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले उक्त घोषणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै कांग्रेसलाई जनताको वास्तविक पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक वक्तव्यमा शेर्पाले नेपाली कांग्रेसले तय गरेको पार्टी विधानअनुसारको नियमित महाधिवेशन प्रक्रिया अनुसार नै अघि बढ्नुपर्ने स्पष्ट धारणा राख्नुभएको छ । उहाँका अनुसार यो कुनै विशेष महाधिवेशन नभई नियमित र आधिकारिक महाधिवेशन भएकाले यसैमार्फत पार्टीलाई एकताबद्ध र सुदृढ बनाउनु आजको आवश्यकता हो।
शेर्पाले विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ धकेल्ने जोखिम रहेको उल्लेख गर्दै, नियमित महाधिवेशन नै कांग्रेसको आन्तरिक लोकतन्त्र, एकता र भविष्य सुरक्षित गर्ने मार्ग भएको बताउनुभयो ।
शेर्पाले पार्टीको आधिकारिक महाधिवेशन तालिकाअनुसार अब सबै नेता–कार्यकर्ता पूर्ण तयारीका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ । उहाँले यो महाधिवेशन कुनै विशेष नभई पार्टीको विधानअनुसार हुन लागेको नियमित तथा आधिकारिक महाधिवेशन भएको स्पष्ट पार्नुभयो ।
महाधिवेशनलाई सफल बनाउन गाउँ–गाउँबाट प्रतिनिधिहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष शेर्पाले अग्रजदेखि युवा पुस्तासम्मको एकताबद्ध प्रयासले मात्र कांग्रेस संगठनलाई अझ सुदृढ बनाउन सकिने बताउनुभयो । सबै तहका कार्यकर्ताको सहभागिताले नेपाली कांग्रेसलाई जनताको भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्न सकिने उहाँको भनाइ थियो।
अध्यक्ष शेर्पाले नेपाली कांग्रेसलाई साँचो अर्थमा जनताको पार्टी बनाउने लक्ष्यसहित शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क तथा सर्वसुलभ बनाउने स्पष्ट एजेन्डा अघि सार्नुपर्नेमा जोड दिनुभयो । आगामी महाधिवेशनमा समावेशी, सहयोगी र जनमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उहाँले सह–महामन्त्री तहमा मात्र सीमित नभई महामन्त्री र उपसभापति तहसम्म सक्षम, प्रतिबद्ध र दूरदर्शी नेतृत्व चयन हुनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष शेर्पाले नेपाली कांग्रेसको महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन निर्माण र पार्टी सुदृढीकरणमा साथ दिन सम्पूर्ण पार्टी साथीहरूलाई हार्दिक आग्रहसमेत गर्नुभयो ।
उहाँले महाधिवेशनलाई कांग्रेसको भविष्य निर्माण गर्ने अवसरका रूपमा लिँदै “जय नेपाली कांग्रेस, जय नेपाल” को नारासहित सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय