BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

नेकपा एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा मनोनीत हुनुभएको छ। मंगलबार बसेको पार्टी सचिवालय बैठकले सिन्धुपाल्चोकका देउजालाई प्रदेश सचिवमा मनोनीत गर्ने निर्णय गरेको हो।

यसअघि प्रदेश सचिव रहनुभएका नवराज सिलवाल केन्द्रीय सदस्यको उम्मेदवार बनेपछि उक्त पद रिक्त भएको थियो। पार्टी विधानअनुसार तल्लो कमिटीमा जिम्मेवारीमा रहेका व्यक्ति माथिल्लो कमिटीमा उम्मेदवार बनेपछि तल्लो तहको पद रिक्त हुने व्यवस्था छ।

नवनियुक्त सचिव देउजा यसअघि बागमती प्रदेश कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा रहनुभएको थियो। पार्टी संगठन निर्माण र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका देउजाको मनोनयनले प्रदेश कमिटीको कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय