BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एबम सिन्धुपाल्चोक जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर २, निर्वाचन परिचालन कमिटी संयोजक हस्त पण्डितले सो बिचार ब्यक्त गर्नु भएको हो । एमालेले लोकतन्त्र पश्चात् नेपालको बिकासमा ठूलो योगदान गरेकोले एमाले नै सर्बोत्कृष्ट पार्टी रहेको ,नयाँ पार्टीहरुका नेताहरुले एमाले विरुद्ध गरेको दुष्प्रचार धेरै दिन नटिक्ने समेत बताउनु भयो ।नेकपा (एमाले) संघीय निर्वाचन क्षेत्र नं २, प्रदेश (ख) द्वारा मेलम्चिमा आयोजित अगुवा कार्यकर्ता भेलामा उहाँले सो बिचार ब्यक्त गर्नु भएको हो।

आज आयोजित सो अगुवा कार्यकर्ता भेला प्रदेश सभा ( ख)का संयाेजक निर्मल बन्जाराकाे अध्यक्षता ,मेलम्ची नगर कमिटी सचिव सालिकराम अधिकारीको सन्चालन , नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्बाचन परिचालन कमिटी संयाेजक हस्त पण्डितको प्रमुख आतिथ्यता, एमाले केन्द्रीय सदस्य डाेल्मा तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।उक्त भेलामा जिल्ला कमिटि उपाध्यक्ष अर्जुन भण्डारी जिल्ला कमिटि सचिव कृष्णगाेपाल तामाङ लगायत जिल्ला कमिटी सदस्यहरु मेलम्चि नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपाेखरी थाङ्गपाल गाउँपालिका अगुवा कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको निर्बाचन परिचालन कमिटी सचिव कृष्ण गोपाल तामाङले जानकारी गराउनु भयो ।

उक्त अगुवा कार्यकर्ता भेलामा परिचालन कमिटीका संयोजक हस्त पंडितले पार्टीका विरुद्ध लगाईएका भ्रमहरु चिर्दै देश जलाउनेहरुलाई पराजित गर्दै देश बनाउनेहरुलाई बिजयी गराउनु एमाले कार्यकर्ताको कर्तव्य रहेको बताउनु भयो ।सो भेलामा उहाँले आगामी फागुन २१ गते हुने संघीय निर्बाचनमा एमालेका उम्मेदवार शेर बहादुर तामाङलाई बिजयी गराउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भएको सो कार्यक्रममा सहभागी एमाले हेलम्बु गाउँ कमिटी अध्यक्ष सरोज गजुरेलले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय