BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

मेलम्ची नगरपालिका–१० मा शिक्षा क्षेत्रलाई आधुनिक र गुणस्तरीय बनाउने उद्देश्यसहित महत्वपूर्ण तथा ऐतिहासिक निर्णयहरू गरिएको छ। आज हिरादेवी आधारभूत विद्यालयमा सम्पन्न वडा शिक्षा समिति मेलम्ची–१० को बैठकले शैक्षिक सुधारका लागि बहुपक्षीय निर्णयहरू पारित गरेको हो । बैठकमा वडा अन्तर्गतका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो । बैठकले आगामी शैक्षिक सत्र २०८३ देखि कक्षा नर्सरीदेखि कक्षा ५ सम्म सबै विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसैगरी, विद्यालयहरूमा आवश्यक पाठ्यपुस्तक तथा होमवर्क डायरी खरिदका लागि वडा कार्यालयले आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ। विद्यार्थीहरूको समग्र प्रस्तुति सुधार गर्न ड्रेस, जुत्ता, मोजा, टाइ, बेल्ट र परिचयपत्र (ID Card) अनिवार्य गर्ने तथा यसबारे अभिभावकलाई जानकारी दिन अभिभावक भेला आयोजना गर्ने सहमति पनि गरिएको छ। शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न २०८३ वैशाखको पहिलो सातादेखि विशेष तालिम कार्यक्रम सञ्चालन गरिने शितलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश चापागाईंले जानकारी दिनुभयो ।

साथै, विद्यालयमा नियमितता र अनुशासन कायम गर्न तथा अभिभावकहरूको सक्रिय सहभागितामा विद्यालय सुधार कार्यक्रम अघि बढाइने निर्णय गरिएको वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक अमृत खनालले बताउनुभयो । अंग्रेजी माध्यम कार्यान्वयनलाई प्रभावकारी बनाउन ५ सदस्यीय तयारी समिति समेत गठन गरिएको छ। यस्ता निर्णयहरूले मेलम्ची–१० को शिक्षा क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको अध्यक्ष खनालले बताउनुभयो ।

वडा भित्रका तथा बाहिरी क्षेत्रका अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकका विद्यालयहरूमा भर्ना गराउन आग्रह गरिएको छ । वडा शिक्षा समितिले सम्पूर्ण अभिभावक, शिक्षक तथा सरोकारवालाहरूलाई यस अभियानमा साथ, सहयोग र सकारात्मक सहभागिता जनाउन हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय