BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

ज्यामिरे । मेलम्ची नगरपालिका वडा नं ९ स्थित दुप्चेश्वर सात धारा महादेव मन्दिरमा मकर संक्रान्तिकाे अवसरमा बाेम्बाे (झाँक्री ) सम्मेलन गरिएकाे छ । मेलम्ची नगर प्रमुख आइतमान तामाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएकाे हाे ।

सम्मेलनमा नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङ नेतृत्व टाेली, मनाेत्र झाँक्री नेतृत्व टाेली, छिमेकी पालिका र नगरका विभिन्न वडाका साथै स्थानीय झाँक्रीहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे । नगर प्रमुख तामाङ स्वयं बाेम्बाेकाे रुपमा सम्मेलनमा सहभागी भए ।

कार्यक्रमलाई मनाेरञ्जनात्मक बनाउन लाेक तथा सेलाे गायक, गायिका तथा खैजडी भवन टाेलीले आफ्नो प्रस्तुति प्रश्तुत गरेका थिए । कपिल मुनिले तपस्या गरेकाे भस्मे जंगलमा रहेकाे मन्दिर परिसरमा परापूर्व कालदेखि लाग्ने मेलालाई व्यवस्थित बनाउन यस वर्ष मन्दिर संरक्षण तथा व्यवस्थापन समितिकाे अगुवाइमा सम्मेलनकाे रुपमा मनाईएकाे वडा अध्यक्ष किरण दिप खड्काले जानकारी दिए ।

दुप्चेश्वर सात धारा मेलामा ५०० भन्दा बढिकाे उपस्थिती रहेकाे थियाे । सम्मेलन लाई सम्बाेधन गर्दै प्रमुख अतिथि नगर प्रमुख तामाङले कला, संस्कृतीको जगेर्ना गर्न आफु स्वयम् झाँक्रि भएर आएकाे बताए । धार्मिक स्थल दुप्चेश्वर सात धारा मन्दिरमा हुने धार्मिक तथा सांस्कृतिक परम्परालाई सम्मान गर्नु पर्ने तामाङकाे भनाई छ ।

सम्मेलन लाई मेलम्ची नगरपालिका वडा नं ९ ले सहयाेग गरेकाे थियाे । श्री सातधारा दुप्चेश्वर महादेव मन्दिर विकास तथा संरक्षण समितिकाे आयाेजनामा सम्मेलन गरिएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय