BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

चाैतारा । भूमि अधिकार तथा श्रमिक संगठन, सिन्धुपाल्चोकले भूमि सम्बन्धी समस्याहरुको निकाश दिन ध्यानाकर्षण गराएको । मंगलबार जिल्ला सदरमुकाम चौतारामा संगठनले मालपोत कार्यालय, नापी कार्यालय सँगै प्रमुख जिल्ला अधिकारी समक्ष समग्र भूमि समबन्धि समस्या वारे ध्यानाकर्षण गराएको हो ।

भूमि सम्बन्धी समस्या क्रमिक रुपमा थप हुँदै जाने क्रमको चिन्ता सहित समाधानमा केन्द्रीत हुन सरकार समक्ष संगठनले जोडदार माग गरेको छ । वर्षौ देखि गुठी समस्याले थलिएको गुठी पीडित किसानहरुलाई तिरो बृद्धि गरी थप मारमा परेकोमा आपत्ति जनाएको छ ।

किसानले तिर्न नसक्ने गरी मालपोत शुल्क बढाईएको, तिरो तिर्न स्थानीय तहमा ब्यवस्था नगरी जिल्ला सदरमुकाम सम्म आउजाउ गर्न समस्या भएको, हचुवाको भरमा घरजग्गाको मुल्यांकन गरिएको, मोही जग्गा बाँडफाँड तथा नामसारीको निवेदनको सम्वोधन गरी जग्गाधनि प्रमाण पुर्जा उपलब्ध गराउन माग गरिएको छ । त्यस्तै भूमिहीन तथा सुमुम्बासी र अब्यवस्थित बसोबासका आवेदन फारमहरु अविलम्ब कार्यानवयन गरिनुपर्ने, मोही पुर्जा छुट भएका मोही किसानको वास्तविक अवस्था बुझि निर्णय भए वमोजिम पुर्जा वितरण गरिनुपर्ने, फिल्डबुकमा भएका जग्गा छुट दर्ता, बाढी, पहिरो, प्रशारण लाईन, सडकआदिले क्षति पुगेका जग्गाको लगत कट्टा गरिनुपर्ने माग संगठनले गरेको छ ।

सरकारले हालै मात्र बृद्धि गरेको नक्सा प्रिन्ट प्रमाणित गरि लिँदा प्रति सिट एक सय बाट प्रति कित्ता एक सय बनाएकोमा ब्यापक जनगुनासो तथा अबैज्ञानिक निर्णय अविलम्व फिर्ता लिनुपर्ने र विभिन्न विपद्का कारण क्षति भएका आवास तथा बस्तीहरुको स्थानान्तरणमा भएको ढिलासुस्ती प्रति गम्भीर ध्यानाकर्षण गराएको संगठनका जिल्ला अध्यक्ष श्याम भूजेलले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले अनुदान प्रक्रिया पूरा भएका लाभग्राहीको किस्ता यथाशीघ्र पठाईने ब्यवस्था गरिएको र ज्ञापन पत्रका माग नेपाल सरकारका संम्वन्धित ठाउँमा पठाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय