BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

इरानले पाकिस्तानको बलुचिस्तानमा मिसाइल र ड्रोन हमला गरेपछि गरेपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ ।

चरमपन्थी संगठन जैश अल-अद्लको शिविर भन्दै इरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

रानले गरेको आक्रमण परेर २ बालकको मृत्यु भएको पाकिस्तान सरकारले बताएको छ । इरानले आक्रमणलाई पाकिस्तानले आफ्नो संप्रभुताको उल्लंघन भन्दै यो आक्रमण अस्वीकार्य रहेको बताएको छ ।

‘बिना कारण हाम्रो हवाइ क्षेत्रको उल्लंघन गर्ने र हाम्रो देशमा हमला गर्ने कामको हामी निन्दा गर्छौं,’ पाकिस्तानले चेतावनी दिँदै इरानलाई भनेको छ,’यो पाकिस्तानी संप्रभुताको उल्लंघन हो र यसको परिणाम गम्भीर हुन सक्छ ।’

पाकिस्तानले हमलाको विरोधमा तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ र पाकिस्तानका लागि इरानी राजदूतदलाई पनि आउन नदिने बताएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले यसअघि नै तय भएका दुई देशबीचका उच्चस्तरीय भ्रमण पनि रद्द गरेको घोषणा गर्दै यसबारेमा इरानलाई जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय