BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

बाेडगाउँ । इन्द्रावती गाउँपालिका वडा नं ११ का वडा अध्यक्ष रामजी माझीले इन्द्रावतीका जनजातिलाई प्राथमिकतामा राखेर निशुल्क शिक्षा दिने वातावरण बनाउनुपर्ने बताएका छन ।

इन्द्रावती ११ का माझी समुदाय शिक्षामा पछाडी परेकाे भन्दै अध्यक्ष माझीले गाउँपालिकाले यसमा ध्यान दिनुपर्ने बताए । हेलम्बु एजुकेशन एण्ड लाइभलिहुड पार्टनरशिप (हेल्प) काे शैक्षिक सामाग्री र ब्याग वितरण कार्यक्रममा मन्तव्य राख्दै उनले शिक्षामा सक्षम भए मात्र साेचेकाे कुराहरू पूरा हने बिचार ब्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाललाई वडा भित्रका शिक्षामा रहेका समस्याहरूकाे अवगत गराउँदै बाेडगाउँका एकजना माझीले पनि निजामती शेवामा प्रवेस गर्न नसकेकाेमा दुख ब्यक्त गरे । ‘यहाँका एकजना ब्यक्तिले पनि शिक्षककाे जागिर खान सकेका छैनन्, त्याे लेभलमा पुराउन हामीले सकेका छैनाैँ’, उनले भने ।

‘कृषि र राेजगारमा प्राेत्साहन गर्न सके मात्र माझीका बच्चाकाहरूलाई लाभ हुन्छ’ अध्यक्ष माझीले भने । ‘बाेडगाउँका ब्यक्तिहरू काेहि इन्द्रावतीकाे बगरमा, काेहि खाडीमा पसिना बगाउँदै छन’, गाउँपालिका अध्यक्ष सामु माझीले भने ‘यहाँका नागरिकलाई कृषि र राेजगारीमा जाेड्न विशेष याेजना ल्याउन जरूरी छ, हामी यसकाे बारेमा कार्यपालिकामा पनि कुराहरू राख्छाैँ’ ।

कार्यक्रममा उपस्थित अभिभावकहरूलाई अध्यक्ष रामजी माझीले विद्यार्थीलाई नियमित विद्यालय पठाउन आग्रह गरे । ‘बालबालिकाकाे निगरानी गर्नुस । संस्थागत विद्यालयमा पढेर मात्र प्रगती गर्न सकिन्छ भन्ने भ्रम छ, त्याे भ्रम हामीले त्याग्नुपर्दछ’, उनले भने । सरकारी विद्यालयलाई सुधार गर्न सबै अभिभावक, विद्यार्थी र शिक्षक लागीपर्न जरूरी भएकाे उनकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय