BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

सिन्धुपाल्चोक । मेलम्चीको आधारभूत डिजाइनमै त्रुटि पाइएको छ । बाढीले अधिकांश संरचना पुरिएको भएपनि अहिले सामान्य मर्मतको भरमा मेलम्चीको पानी काठमाडौं ल्याइएको छ । बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची मुहानको गेग्रान हटाएर २६ किमि सुरुङमार्फत सुन्दरीजलमा पानी ल्याएर पाँच महिनापछि पुनः वितरण थालिएको हो ।

मूल खोलालाई दुईतिर विभाजन गरेर २ सय ६० मिटर सुरुङबाट मूल सुरुङमा पानी पठाइएको छ । मुहान क्षेत्रमा निर्माण गरिएका अधिकांश संरचना बाढीले पुरिएका छन भने कतै भवन पल्टेका छन् । मुहान वरपर ठूला ढुंगा थुप्रिएका छन । ठूलो पानी परे पहिरो खसेर मुहान पुर्ने खतरा कायमै छ ।

एक अध्ययनअनुसार मुहानको हेडवर्क्स अहिले भइरहेको स्थानमा उपयुक्त नभएको पाइएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले भने तत्काल स्थायी संरचना बनाउने योजना नरहेको बताए । उनले भने, ‘अहिले बाढीले भत्काएको प्रवेश मार्ग बनाउने पैसा छैन, चालु वर्षका लागि दुई खण्डमा १० करोड विनियोजन गरे पनि सडक विभागको प्राथमिकतामा नपरेकाले अहिलेसम्म काम हुन सकेको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय