BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

ज्यामिरे, सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकाले विद्यार्थीकाे लागि नृत्य तथा विभिन्न खेल प्रशिक्षक नियुक्तिकाे तयारी गरिरहेकाे बताएका छन ।

श्री सातकन्या माविकाे ५१ औं बार्षिकाेत्सव तथा अभिभावक दिवस लाई सम्बाेधन गर्दै प्रमुख तामाङले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन नगरपालिकाले याेजना बनाइरहेकाे जानकारी दिए ।

पालिकाले कक्षा १० सम्म दिवा खाजा दिईरहेकाे र १२ कक्षा सम्म नै दिने तयारी गरीरहेकाे समेत उनले बताए । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि धेरै कामहरू बाँकि रहेकाले विद्यालय, विव्यास, अभिभावक र विद्यार्थी सबैकाे भूमिका बराबर रहने तामाङकाे भनाई छ ।

‘बालमैत्री वडा बनाउनकाे लागि आवश्यक बजेट व्यावस्थापन गरि काम भईरहेकाे छ’, तामाङले भने । साथै प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई छात्रबृत्ति प्रदान गरिरहेकाे पनि उनले जानकारी दिए ।

प्रविधिमैत्री विद्यालय बनाउन सिसि क्यामेरा तथा ई हाजिरीकाे काम भईरहेकाे र अघिल्लो बर्ष सञ्चालन गरेकाे लाेकसेवा तयारी कक्षालाई यस बर्ष पनि निरन्तरता दिने नगर प्रमुख तामाङकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय