BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नागरिकलाई सेवा दिनेकुरामा कुनै कन्जुस्याइँ नगर्ने बताएका छन । जुनसुकै क्षेत्रमा पनि सरल र सहज रुपमा सेवा प्रवाह गर्नेकुरामा नगरपालिका लागि परेकाे तामाङले बताए ।

तिलगंंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको स्थानिय परियोजना सल्लाहकार समिति बैठकमा नगर प्रमुख तामाङले तिलगंगाको जस्तै सेवा मेलम्ची बाट प्रवाह गर्नेगरी काम गर्न नगरपालिका सकारात्मक रहेको जानकारी दिए । नगरको दायित्व र जिम्मेवारी पुरा गर्न नगरपालिका सधैँ तयार रहेको भन्दैे विद्यालय र समुदाय स्तरमै पुगेर सामान्य सेवा दिन सकेमा अझै फाइदा पुग्ने धारणा राखे ।

धेरै भन्दा धेरै सेवा प्रवाह गर्ने नगरको योजना रहेकाले सोही अनुसार कार्य गर्न प्रमुख तामाङले आग्रह गरे । केन्द्रले आँखा शिविर, निशुल्क शल्यक्रिया तथा शिविर, स्वास्थ्यकर्मी, विद्यालय शिक्षक, महिला स्वास्थ्य स्वयं सेविका हरुलाइ क्षमता अभिवृद्धि तालिम प्रदान, ग्रामीण आँखा केन्द्र स्थापना तथा संचालन, विद्यालयमा आँखा जाँच तथा परिक्षण लगायतका क्षेत्रमा काम गरिरहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय