BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले सिप सिकेर ब्याबसायीक रूपमा उत्पादन गरेकाहरुलाई सहयोग गर्ने बताएकि छन ।

बजार सम्बन्ध विस्तार तथा सामग्रीहरु प्रदर्शन कार्यक्रममा मन्तब्य राख्दै उपप्रमुख प्रधानले सिप मात्र सिक्ने नभइ सीप सिकिसकेपछि निरन्तरता दिदैं व्यवसायिक बन्न आग्रह गरिन । नगरपालिकाले पनि विभिन्न सिप मुलक तालिम दिंदै आएको र अन्य सघंसंस्थासँग समन्वय गरेर पनि नागरिकहरुलाई आयआर्जनमा जोड्नका लागि काम गरिरहेको बताइन ।

कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्र खरेलले आफ्नो सामानको प्रचार गरे मात्र बजार बढ्ने बताए । उत्पादन निरन्तर गर्न सुझाउँदै खेर गएको समय उत्पादनमा लगाउनु उनले आग्रह गरे । त्यस्तै नगर उद्योग वाणिज्य सघंका अध्यक्ष पुष्कर प्रसाद धितालले निरन्तर उत्पादनमा लाग्न आग्रह गर्दै ब्यापारीलाई स्थानिय उत्पादन किनिदिन आग्रह गरे ।

कार्यक्रममा रिड नेपाल संस्था तथा नगरपालिका बाट विभिन्न सिपमुलक तालिममा सहभागी भइ उत्पादन गरिरहेका माझी र दनुवार समुदायका उद्यमीहरुले तालिम फलदायी भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा मेलम्ची १२ गिरान्चौरकि ढाकाको सामाग्री उत्पादन गर्दै आएकि सञ्चमाया तामाङले आफ्नो अनुभव सुनाएकि थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय