BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची, सिन्धुपाल्चाेक । नेपाली कांग्रेसकाे भ्रातृ संगठन लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ मेलम्ची नगरपालिकाकाे अध्यक्षमा थल बहादुर तामाङ निर्वाचित भएका छन ।

मेलम्ची नगरपालिकाको प्रथम नगर अधिवेशन बाट तामाङ सर्वसम्मत रुपमा निर्वाचित भएकाे नेपाली कांग्रेस मेलम्ची नगर सभापती वसन्त गुरूङले जानकारी दिए । नेपाली कांग्रेस मेलम्ची नगरकार्यसमिती द्वारा आयोजित अधिवेशन बागमती प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङको प्रमुख आतिथ्यतामा भएकाे हाे ।

निर्वाचित हुनेहरूमा अध्यक्ष थल बहादुर तामाङ, उपाध्यक्ष आशाराम तामाङ र उपेन्द्र वाईबा, सचिव राम बहादुर स्याङ्बाे र सविना माझी, सहसचिवमा बाबुकाजी दनुवार र सरिता तामाङ, काेषाध्यक्षमा ताेक माई तामाङ छन ।

त्यस्तै सदस्यहरूमा संगिता दनुवार, गंगा लामा, रमिता श्रेष्ठ, अर्जुन माझी, प्रविन स्याङ्बाे, सुनिल तामाङ, सञ्चमान तामाङ, मर्मा तामाङ, रमेश तामाङ, अनिशा तामाङ, ज्ञान बहादुर तामाङ, रामझी मगर र सुवास माझी सर्वसम्मत रूपमा निर्वाचित भएकाे नेपाली कांग्रेस मेलम्ची नगर सभापती वसन्त गुरूङले जानकारी दिए ।

अधिवेशन बाट सर्वसम्मत रुपमा निर्वाचित भएका अध्यक्ष तथा पदाधिकारी लगायत सम्पुर्ण कार्यसमिति लाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि कृष्ण कुमार तामाङले निर्वाचित पदाधिकारीहरूको उपस्थितिले संगठन थप मजबुद बन्ने बिश्वास ब्यक्त गरे ।

संगठनमा गुटबन्दी नगरी राम्रो मान्छे लाई अवसर दिनुपर्ने धारणा राख्दै तामाङले सबै मिलेर अघि बढे मात्रै संगठन मजबुद हुने बताए । ‘पार्टीमा पद लिने काम नगर्ने चलनको अत्यन्त गर्नुपर्ने छ’, उनले भने ‘म सदैव पार्टी मजबुद बनाउने कुरामा निरन्तर लाग्ने छु’ । बिकास निर्माणको कुरामा समेत आफू सदैव पार्टी सङ्ग समन्वय गरि अघि बढेको र जनताले कांग्रेसलाई काम गर्ने पार्टीको रुपमा चिनेकाे उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय