BREAKING
क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी | स्वास्थ्य क्षेत्रमा जनशक्ति वृद्धि गर्न प्रदेश सरकार लागि परेको छ : मन्त्री थापा | स्वास्थ्य सेवा सुदृढीकरणमा प्रदेश सरकार प्रतिबद्ध” : थापा मगर | मेलम्चीमा राष्ट्रपती रनिङ शिल्ड सुरु, खेलमार्फत सिकाइ र अनुशासनमा जोड |

सिन्धुपाल्चोकहेलम्बु गाउँपालिकाआन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोकबीच स्थानीय स्तरमै कर सेवा उपलब्ध गराउने लक्ष्यसहित सोमबार समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्माले जानकारी दिएअनुसार अब प्यान दर्ता, कर चुक्ता तथा करसम्बन्धी सिफारिसजस्ता सेवा गाउँपालिकाबाटै प्राप्त गर्न सकिनेछ। यसले सेवाग्राहीलाई टाढा धाएर सेवा लिनुपर्ने समस्या घटाउने अपेक्षा गरिएको छ।

सम्झौतापछि करसम्बन्धी सेवा लिन धुलिखेल जानुपर्ने बाध्यता हट्ने बताइएको छ। कार्यक्रमका क्रममा प्रमुख कर अधिकृत अनमोलकुमार दाहालले स्थानीय तहबाट सेवा विस्तारले कर प्रणालीलाई अझ सहज बनाउने बताए।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत बेनीबहादुर मोक्तानले सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाउँदै नागरिकलाई छिटो सेवा दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा वडाध्यक्ष दावा ग्याल्जेन लामा लगायत जनप्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय